Prem

डिभी सम्बन्धि जिज्ञासाको अमेरिकी दूतावास काठमाण्डौंले जूम मार्फत जानकारी दिने

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
डाईभर्सिटी भिसा (डिभी) सम्बन्धि बिभिन्न जिज्ञासाको अमेरिकी दूतावास काठमाण्डौंले जानकारी दिने भएको छ ।
डिभी सम्बन्धि रहेका बिभिन्न जिज्ञासाको सामाधान गर्न असोज महिनाको २९ र ३० गते जूम मिटिङ समेत आयोजना गरेको दूतावासले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत जानकारी गराएको छ ।
दूतावासका अनुसार जूम (अनलाईन) मिटिङ असोज महिनाको २९ र ३० गते दिउसो १ बजे आयोजना हुने छ । जूम मार्फत आफ्ना जिज्ञासा राख्न चाहाने व्यक्तिहरुले समयमा नाम दर्ता गरि तोकिएको समयमा जूम मिटिङमा उपस्थित भई सक्नु पर्ने छ ।जूम मिटिङमा दूतावासका आधिकारिक कन्सुलर प्रतिनिधिहरुले सर्बसाधारणका डिभी सम्बन्धि बिभिन्न जिज्ञासाको जवाफ दिने छन । डिभी सम्बन्धि जिज्ञासा राख्न जूम मिटिङमा सहभागि हुन दूतावासले सर्बसाधारणलाई आग्रह समेत गरेको छ ।
जूम मिटिङमा सहभागि हुनको लागि bit.ly/DV-Zoom-session-signup मा गई नाम दर्ता गराउनु पर्ने छ । जूम मिटिङको लिंक मिटिङ शुरु हुनु भन्दा पहिले सम्बन्धित ब्यक्तिको ईमेलमा पठाईने समेत दूताबासले जनाएको छ । डिभी–२०२५ को आवेदन सम्बन्धि थप जानकारीको लागि दूतावासको आधिकारिक वेवसाईट #DV2025#DiversityVisa2025#USEmbassyNepal  मा गएर लिन समेत दूतावासले भनेको छ ।

Leave A Reply

Your email address will not be published.