दशैंको अवसरमा नेपस्टार क्लबद्वारा बनभोज तथा भलिबल प्रतियोगिता

All time tax

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
यस बर्षको बडा दशैंको अवसर पारी नेपस्टार क्लब डिएफÞडब्लुले बनभोज कार्यक्रम सहित भलिवल प्रतियोगिता आयोजना गरेको छ ।
युलेस स्थित बियर क्रिक पार्कमा आयोजना भएको बनभोज कार्यक्रममा ड्यालस फोर्टवर्थ क्षेत्रका नेपाली समुदायका अगुवाहरु, सामाजिक अभियन्ताहरु तथा खेलाडीहरुको सहभागिता रहेको थियो ।
बनभोज कार्यक्रममा बडादशैको शुभकामना आदान प्रदान तथा भलिवल प्रतियोगितामा बिजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र बितरण गरिएको सँस्थाका अध्यक्ष भुवन सिंह आलेले बताउनु भयो ।
भलिवल प्रतियोगितामा बिजयी टीम तथा खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र बितरण गर्दै युलेस सिटीका काउन्सिल म्यान टीका पौडेलले ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समुदायमा खेल क्षेत्रको प्रबद्र्धन गर्न नेपस्टार क्लबले पुर्याएको योगदानको प्रशँसा गर्नु भयो ।
सँस्थाका अध्यक्ष भुवनसिंह आलेको अध्यक्षता तथा सन्चार सँयोजक दुर्गेश बोगटीको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा नेप स्टार क्लबका सँस्थापक अध्यक्ष नारायण क्षेत्री, सदस्य सहकुल खत्री लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।

उक्त कार्यक्रममा समाजसेवी हरी थापाको बाजा समुहले पन्चे बाजा प्रस्तुत गरेको थियो । साथै बिङ्गो खेल खेलाउनुका साथै बिबिध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
बनभोज तथा भलिवल प्रतियोगिताको समापन कार्यक्रममा भिम थापा, दुर्गेश कार्की, दिपक थापा, कैलाश भट्ट, रमेश बोहरा, सिपोरा गुरुंग लगायतका भलिबल खेल तथा टुर्नामेन्टमा बिशेष योगदान गर्नेहरुलाई सम्मान पनि प्रदान गरिएको थियो । उक्त भलिवल प्रतियागिता तथा बनभोज कार्यक्रमको लागि नेपाली समाज टेक्सास लगायतका सँस्थाहरुले सहयोग गरेका थिए ।

Leave A Reply

Your email address will not be published.