डोटी र डडेल्धुरामा ३५० मेगावाटको सौर्यउर्जा उत्पादन गरिने
घण्टेश्वर अनलाईन
काठमाण्डौं
सुदूरपश्चिम प्रदेशको डोटी र डडेल्धुरा जिल्लाबाट ३५० मेगावटको सौर्य उर्जा उत्पादन गरिने भएको छ ।
सौर्य उर्जा उत्पादनको लागि डोटी र डडेल्धुरा जिल्लामा सम्भाव्यता अध्ययन गर्न लागिएको लगानी बोर्डले जनाएको छ । लगानी बोर्डको बैठकले २३ अर्ब नेपाली रुपैयाँ लगानी गर्ने गरी परियोजना विकासका सम्बन्धमा मेसर्स सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेड सम्भाव्यता अध्ययनको अनुमति दिने निर्णय गरेको छ ।
डोटीको दिपायल सिलगढी नगरपालिकामा १२५ मेगावाट र डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकामा २२५ मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि अध्ययन गरिने बताईएको छ ।