एचडीएनपी ईन्टरनेशनलको कोषबृद्धि गालाबाट २७ हजार डलर सँकलन

llc

घण्टेश्वर अनलाईन
अर्लिङटन, टेक्सास
एचडीएनपी ईन्टरनेशनल अमेरिकाले आफ्नो सँस्थाको कोष बृद्धिका लागि बार्षिक गाला कार्यक्रम आयोजना गरेको छ । शनिबार अर्लिङटनमा आयोजना गरिएको वार्षिक गाला कार्यक्रममा २७ हजार ४ सय ५७ डलर सँकलन भएको सो सँस्थाका प्रमुख देबी डेभिड आचार्यले जानकारी दिनु भयो ।
वार्षिक गाला कार्यक्रमको अवसरमा बिभिन्न साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनुका साथै सँस्थालाई सहयोग गर्ने बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
एचडीएनपी ईन्टरनेशनलले घरवारबिहीनहरुको क्षेत्रमा काम गर्ने सामाजिक सँस्था हो । सो सँस्थाले हरेक बर्ष वार्षिक गाला कार्यक्रमको आयोजना गरि कोष बृद्धि गर्ने गर्दछ ।
एचडीएनपी ईन्टरनेशनल अमेरिकाले सँस्थामा बृद्धि भएको कोषबाट होमलेस (घरवार बिहीन) हरुलाई न्यानो कपडा बितरण, खाना बितरण, सिल्पिङ व्याग बितरण गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.