घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
टेक्सासको ड्यालसमा लघुकथा लेखन प्रतियोगिता हुने भएको छ । ग्लोवल नेपाली पाठशालासँगको सहकार्यमा नेपाली समाज टेक्सास र स्रष्टा साँझ अमेरिकाद्वारा प्रतियोगिता आयोजना हुन लागेको हो ।
नेपाली समुदायका बालबालिकाहरुलाई नेपाली साहित्य सिर्जना तर्फ आकर्षित गराउने उद्देश्यले लघुकथा लेखन प्रतियोगिता आयोजना गर्न लागिएको नेपाली समाज टेक्सासका उपाध्यक्ष किरण पौड्यालले बताउनु भयो ।
प्रतियोगितामा सहभागिताको लागि निम्न माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीका लागि ९ बर्ष देखि १४ बर्ष र माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीको लागि १५ देखि १८ बर्ष उमेर समूह निर्धारण गरिएको छ ।
प्रतियोगिहरुले ८०० शब्दमा नबढ्ने गरि नेपाली वा अँग्रेजी भाषामा लघु कथा लेखेर नोभेम्बर १ तारेख सम्ममा ईमेल मार्फत दर्ता गराउन सक्ने छन । लघुकथा मलाई टेक्सासको बारेमा के मन पर्छ वा मन पर्दैन, कम्प्युटरसँग बस्ने, मेरो भविष्यको करियर, डिएफडब्लुमा मेरो नेपाली समुदायको बारेमा मलाई के मन पर्छ वा मन पर्दैन, मार्जिनबाट अनकही कथाहरु लगायतका बिषय बस्तुहरुमा केन्द्रित भएर लेख्न सक्ने आयोजकले बताएका छन ।
प्रतियोतिामा बिजेता बालबालिकाहरुलाई नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र युलेशमा नोभेम्बर ४ मा एक कार्यक्रमका बीचमा आयोजना गरिने छ ।