मेरो उम्मेदवारी कायमै रहेको छ ः राम पोखरेल, उम्मेदवार सचिब एनआरएनए/आईसिसि

All time tax

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
गैरआवासीय नेपाली सँघ, अन्तराष्ट्रिय समन्वय परिषदको आसन्न निर्बाचनमा सचिब पदका उम्मेदवार राम सि पोखरेलले आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन् ।
आफु मातृशोकमा रहेको बेला उम्मेदवारी छोडेको हल्ला चलाईएको बताउदै गैरआवासीय नेपाली सँघ, अन्तराष्ट्रिय समन्वय परिषदको सचिब पदमा दिएको उम्मेदवारी कायमै रहेको सामाजिक सँजाल मार्फत जानकारी दिएका छन् ।
मैले सचिब पदमा उम्मेदवारी दर्ता गराएको छु । म अहिले मातृशोकमा छु । मेरो दर्ता गरिएको उम्मेदवारी फिर्ता लिने अवस्था छैन । मेरो उम्मेदवारी कायम रहेको छ । साथीहरुबाट सहयोगको अपेक्षा गरेको छु , पोखरेलले बताए । पोखरेलले एनआरएनए अमेरिकाको उपाध्यक्ष, उप क्षेत्रीय सँंयोजक (डिआरसी)को जिम्मेवारी पुरा गरी सकेका छन् ।
उम्मेदवार पोखरेलकी ९१ बर्षिया आमा डोलकुमारी पोखरेलको मङ्गलवार काठमाडौँमा निधन भएको थियो । नेपालको अर्घाखाँचीमा जन्मिएका पोखरेल अमेरिकाको टेक्ससमा बिगत लामो समय देखि व्यापार व्यवसाय गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.