दशैं तिहार मनाउन नेपाली बिद्यार्थीहरुले बिदा पाउने

All time tax

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
नेपाली समुदायको महान पर्ब बडा दशैं तथा तिहारमा टेक्सासको ड्यालसमा पर्ने एउटा स्कुल डिस्ट्रिकले नेपाली बिद्यार्थीहरुलाई बिदा दिने भएको छ ।
ड्यालस क्षेत्रमा पर्ने एचईबि (ह्रष्ट, युलेश र बेडफोर्ड) स्कुल बोर्डले बडा दशैं तथा दिपावली पर्ब मनाउन चाहने नेपाली समुदायका बिद्यार्थीहरुलाई बिदा दिने निर्णय गरेको हो ।
बडा दशैं तथा दिपावली पर्बमा नेपाली समुदायका बिद्यार्थीहरु स्कुलमा अनुपस्थित भएमा एचईबि स्कुल बोर्डले रेकर्डमा नजनाउने निर्णय गरेको युलेश सिटी काउन्सिल सदस्य टीका पौडेलले जानकारी दिनु भयो ।
कुनै बिद्यार्थी स्कुल जान चाहेमा त जान सक्ने नै भए तर अनुपस्थित भएमा पनि स्कुलले रेकर्डमा अनुपस्थिती जनाउने छैन । यस सम्बन्धमा सम्बन्धित स्कुलमा पेश गर्न पत्र आबश्यक भएमा नेपाली समाज टेक्सास, ग्लोबल नेपाली पाठशालाले पत्र उपलब्ध गराउन सहयोग गर्ने नेपाली समाज टेक्सासका सदस्य बिजय भुसालले बताए ।
यसअघि नेपाली समुदायका चाडपर्बहरुमा बिद्यार्थीहरु अनुपस्थित भएमा रेकर्डमा उल्लेख गर्ने गरिएको थियो । नेपाली बिद्यार्थीहरुलाई दशैं तिहार मनाउन बिदा दिने एचईबि स्कुल बोर्डले गरेको निर्णयको नेपाली समुदायले स्वागत गरेका छन् । टेक्सासमा पछिल्लो समयमा नेपाली समुदायको बसोवास बाक्लिदै गएकाले टेक्सास राज्यभर बिदा दिने व्यवस्थाका लागि पहल गर्नु पर्ने कुरामा जोड दिएका छन् ।

Leave A Reply

Your email address will not be published.