टेक्सासका नेपाली पत्रकारहरुको दशैं ः कोही स्वदेशमा, कोही बिदेशमा दशैं मनाउदै

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
दशै नेपाली हिन्दूहरुको सबै भन्दा ठूलो र विशेष चाड हो । दशैंलाई भौतिक रुपमा जो जहाँ भएपनि नेपालीहरुले महत्व दिने गर्दछन । प्रवासमा नेपालीहरुलाई अभाव खड्किने कुरा नै नेपाली चाड पर्बहरु नै हुन । अमेरिकाको टेक्सासका नेपाली समुदायमा दशैंको चहल पहल शुरु भई सकेको छ । अमेरिकाको टेक्सासमा रहेर नेपाली भाषामा पत्रकारिता गर्ने पत्रकारहरुलाई पनि दशैंले छोईसकेको छ । टेक्सासका नेपाली पत्रकारहरुले दशैं कसरी मनाउदै छन त ? हामीले यस बर्षको दशैं मनाउने योजना के छ ? भनेर सोधेका थियौं ।  प्रस्तुत छ, दशै. बिशेष कुराकानी

सुरज भण्डारी ः पत्रकार सुरज भण्डारी नेपाल अमेरिका पत्रकार सँघ(नेजा) का अध्यक्ष हुन । नेजा तथा गैरआवासीय नेपाली सँघको कार्यक्रममा सहभागि हुन नेपाल रहेका पत्रकार भण्डारी दशैं मनाउनका लागि कर्मक्षेत्र टेक्सास फर्किसकेका छन । यसपालीको दशैंमा घर परिवारसँग टीका लगाउने कुरा भई हाल्यो । नजिकै दिदी सासुको हातबाट टीका ग्रहण गर्ने भण्डारकिो योजना रहेको छ । दशैंको अबधिका आफ्नो स्टोरमा काम गर्ने कर्मचारीहरुलाई टीका लगाई दिने, पशुपति नाथ मन्दिर दर्शन गर्ने, साथी भाईहरुसँग भेटघाट गर्ने रमाईलो गर्ने, मुभि हेर्ने भण्डारीले बताए ।

बिकासराज न्यौपाने ः टेक्सासका पुराना पत्रकार बिकासराज न्यौपाने नेपाल अमेरिका पत्रकार सँघका निबर्तमान अध्यक्ष हुन । टेक्सासका पुराना पत्रकार बिकासराज न्यौपाने १६ वर्ष पछि दशैंको टीका लगाउन जन्म घर चितवन पुगेका छन । अरु बर्ष दशैं अमेरिका र तिहार नेपालमा मनाउदै आएका न्यौपाने लामो समयपछि दशैंको टीका लगाउने अवसर जुरेको बताउँछन । लामो समय पछिको दशैं भएकाले पत्रकार न्यौपानेले आमा वुवा,जेष्ठ परिवारका सदस्यहरु, ईष्ट मित्रहरुको हातकाबाट टीका ग्रहण गर्ने, साथीभाई छरछिमेकसँग बसेर रमाईलो गर्ने योजना रहेको छ । समय मिलेसम्म ट्र्याकिङ जाने न्यौपानेको योजना रहेको छ ।
सुजन पंडित ः टेक्सासको ह्युस्टन निवासी पत्रकार सुजन पंडित टेक्सासका पुराना नेपाली पत्रकार हुन । पंडित नेपाल अमेरिका पत्रकार सँघका उपाध्यक्ष पनि हुन । पत्रकार पंडितलाई एक हप्ता अघि देखि दशैं लागि सकेको छ । एक हप्ता देखि दशैं पार्टी, साथीहरु बीचमा भेटघाट गर्ने, रमाईलो गर्ने काम भईरहेको पंडितले बताए । परिवारमा आफुभन्दा जेष्ठ सदस्य कोही पनि नभएकाले घर परिवारलाई दशैंको टीका लगाई दिने र छरछिमेकमा रहेका आफन्तकहाँ टीका ग्रहण गर्ने पत्रकार पंडितको योजना रहेको छ । कामबाट पनि छुट्टी पाईएकाले बिगतका बर्ष भन्दा यसपाली दशैं रमाईलो हुने पंडित बताउछन ।

 

रामचन्द्र भट्ट ः पत्रकार रामचन्द्र भट्ट पनि टेक्सासको ड्यालका पुराना पत्रकार हुन । यस बर्ष दशैं छैन । काकाको स्वर्गारोहण भएकाले पत्रकार भट्टको परिवार शोकमा रहेको छ । बिगतका बर्ष भन्दा यसबर्ष भब्य रुपमा दशैं मनाउने योजना थियो । त्यसका लागि अमेरिका घुम्न आउनु भएका आमा बुवालाई पनि दशै.सम्म बस्न आग्रह गरेको थिएँ । दुर्भाग्य दशैंको मुखमा काकाको निधन भयो । दशैंको दिन सामान्य रुपमा छरछिमेक, साथीभाईसँग भेटघाट तथा कुराकानी गरेर दशैं मनाउने पत्रकार भट्टको योजना रहेको पत्रकार भट्टले बताए ।

किसन रेग्मी ः पत्रकार किसन रेग्मी रिपोटर्स क्लब अमेरिकाका अध्यक्ष तथा युएस खबर अनलाईनका सँस्थापक हुन । पत्रकार रेग्मी लामो समय पछि दशैं मनाउन जन्मघर दाङ पुगेका छन । दशैंको पूर्बसन्ध्यामा जन्मघर पुगेका रेग्मीलाई भेटघाट गर्न भ्याईनभ्याई छ । दशैंमा आमा बुवा, ससुराली, जेष्ठ सदस्य ईष्टमित्रको हातबाट टीका ग्रहण गर्ने, सानालाई टीका लगाई दिने, साथीभाई छरछिमेकसँग भेटघाट, खानपिन गर्ने रमाईलो गर्ने पत्रकार रेग्मीको योजना रहेको छ । लामो समय पछि जन्म घर गएकाले यस बर्षको दशैं बिशेष हुने रेग्मीको भनाई रहेको छ । यसका अतिरिक्त बिभिन्न जिल्लामा रहेका पत्रकार साथीहरुसँग भेटघाट गर्ने, छलफल अन्तरकृया गर्ने योजना रहेको पत्रकार रेग्मीले बताए ।

शिब शर्मा ः पत्रकार शिब शर्मा युएस नेपाल पोष्ट अनलाईनका सन्चालक हुन । बिगत बर्ष झैं दशैंलाई सामान्य रुपमा मनाउदै आएको र यस बर्ष पनि सामान्य रुपमा दशैंलाई बिदा गर्ने योजना रहेको शर्माको भनाई रहेको छ । अमेरिकामा आफन्तहरु कोही छैनन । दशैंको दिन घरपरिवारका सदस्यहरुलाई दशैंको टीका जमरा लगाई दिने, खानपिन गर्ने योजना छ । दशैंको दिन नजिकै पशुपतिनाथको मन्दिर रहेकाले मन्दिरमा गएर टीका तथा जमारा ग्रहण गर्ने, नजिकै रहेका एक जना दाजुको हातबाट टीका ग्रहण गर्ने, घुमघाम गर्ने शर्माले बताए ।

Leave A Reply

Your email address will not be published.