ड्यालसमा शनिबार स्रष्टा महेश पौड्यालको अभिनन्दन आयोजना गरिने

All time tax

घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
टेक्सासको ड्यालसमा नोभेम्बर ४ शनिबारका दिन साहित्यकार महेश पौड्यालको अभिनन्दन गरिने भएको छ ।
नेपाली समाज, टेक्सास, एनएसटी, ग्लोबल नेपाली पाठशाला तथा स्रष्टा साँझ अमेरिकाले युलेश स्थित पशुपतिनाथ मन्दिरको सभाकक्षमा साहित्यकार पौड्यालको अभिनन्दन गर्न लागेको साहित्यकार बैकुन्ठराज आचार्यले बताउनु भयो ।
नेपालमा अंग्रेजी तथा नेपाली साहित्यिक क्षेत्रमा समालोचक, गीतकार, कथाकार, उपन्यासकार, अनुवादक आदि रुपमा परिचित स्रष्टा महेश पौड्याल अमेरिका भ्रमणका क्रममा डालस आउँदै हुनुहुन्छ ।
उक्त अवसरमा स्रस्टा बैकुण्ठराज आचार्यको अंग्रेजी कविता संग्रह  The Lost Pebbles  लोकार्पण, सिर्जनात्मक लेखन प्रतियोगितामा बिजयी तथा सहभागी बालबालिकाहरु, ग्लोबल नेपाली पाठशालाका बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिने कार्यक्रम रहेको  छ ।
नेपाली समाज टेक्सास, ग्लोबल नेपाली पाठशालाले नेपाली समुदायका बालबालिकाहरुलाई लेखनमा उत्प्रेरित गराउन साहित्यकार महेश पौड्यालसंग साक्षात्कार कार्यक्रम समेत आयोजना गरिने भएकाले शनिबार पशुपतिनाथ मन्दिरको सभाकक्षमा अभिभावक तथा बालकालिकाहरुलाई उपस्थितीको लागि अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.