केआई सिंह राजमार्गको अँड्यौलमा जिप दुर्घटना ः ४ जनाको मृत्यु, ५ जना घाईते

घण्टेश्वर अनलाईन
दिपायल, डोटी
धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको यात्रुवहाक बलेरो जिप डोटीको पचनाली अँड्यौलमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । उक्त जीपमा सवार अन्य ५ जना घाईते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा परि मृत्यु हुनेहरुमा क्रमस बाजुराको हिमाली गाउँपालिका वडा नं. ५ बस्ने २२ बर्षिय राधिका मलाल, ३२ बर्षिय धनशोभा बुढा, ८ महिनाका बालिका प्रार्थना मलाल र ६ बर्षिय बालक कबिन्द्र बुढा रहेका छन् ।
उक्त दुर्घटनामा घाईते हुनेहरूमा हिमाली गाउँपालिका वडा नं. ५ का ३० बर्षिय प्रकाश बुढा, २३ खेमबहादुर मलाल, २४ बर्षिय दानबहादुर बुढा, २१ बर्षिय विमला मलाल र २१ बर्षिय राजबहादुर मलाल रहेको तलकोट प्रहरी चौकीले जनाएको छ । घाइतेहरूको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी चौकी तलकोटका ईन्चार्ज प्रहरी सहायक निरिक्षक विपिन भण्डारीका अनुसार जिप पानीमा डुबेका कारण ६ बर्षिय बालक कबिन्द्र बुढाको शब जिपबाट बाहिर निकाल्न सकिएको छैन । प्रहरी तथा स्थानीय बासिन्दाहरुले शब वाहिर निकाल्न प्रयास गरिरहेका छन
जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त जीप शनिबार राती दुर्घटना भई डडेल्धुरा दिपायल केआई सिंह राजमार्गको अँड्यौलमा सडकबाट करिब ६० मिटर तल सेती नदीमा खसेको थियो । उक्त दुर्घटनाको बारेमा जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो साभार ः शिला खबरबाट

Leave A Reply

Your email address will not be published.