टेक्सासको ड्यालस काउन्टीद्वारा दिपावली पर्बलाई मान्यता प्रदान

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास

नेपाली तथा भारतीय समुदायको बाक्लो बसोवास रहेको टेक्सास स्थित ड्यालस काउन्टीले दिपावली पर्बलाई मान्यता दिएको छ । ड्यालस काउन्टी कमिशनर कोर्टले नोभेम्बर ७ मँगलबार दिपावली पर्बलाई मान्यता दिने निर्णय गरेको हो । नेपाली तथा भारतीय समुदायका अभियन्ताहरुले दिपावली पर्बलाई काउन्टी स्तरमा मान्यता दिईनु पर्ने सँकल्प प्रस्ताब काउन्टी कमिशनर कोर्टमा दर्ता गराएका थिए । ड्यालस काउन्टी कमिशनर कोर्टले नेपाली तथा भारतीय समुदायका अगुवाहरुकाको उपस्थितीमा उक्त निर्णय गरेको नेपाली समुदायका अगुवा मोहन ज्ञवालीले जानकारी दिनु भयो । उक्त अवसरमा नेपाली समाज टेक्सास, नेपाल अमेरिका पत्रकार सँघ (नेजा) , व्लड डोनर्स अफ अमेरिका, एलाईन्स फर अमेरिका फरावर्ड, डिएफडब्लु श्री कृष्ण प्रनामी हिन्दु समाज टेक्सास, एभरेष्ट फेडरल क्रेडिट युनियन, लुम्बिनी सेवा समाज, गैरआवासीय नेपाली सँघ टेक्सास च्याप्टर, डेभलपमेन्ट फर पिस ईन्टरनेशनल लगायत नेपाली तथा भारतीय समुदायका अगुवा अभियन्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।
ज्ञवालीका अनुसार दिपावली पर्ब सम्बन्धि सँकल्प प्रस्ताब पारित भएपछि ड्यालस काउन्टी अन्तरगतका १६ वटा सिटीमा दिपावली पर्बमा सार्बजनिक विदा दिईने छ । दिपावली पर्बलाई टेक्सास राज्यका निकायहरुबाट मान्यता दिईनु पर्ने भन्दै टेक्सासका नेपाली तथा भारतीय समुदायका अगुवा अभियन्ताले लामो समय देखि पैरवी गर्दै आएका थिए ।
ड्यालस काउन्टी कमिशनर कोर्टबाट दिपावली पर्ब सम्बन्धि सँकल्प प्रस्ताब पारित भएपछि नेपाली तथा भारतीय समुदाय हर्षित भएका छन । सँकल्प प्रस्ताब कमिशनर कोर्टबाट पारित भएपछि खुशी व्यक्त गर्दै नेपाली तथा भारतीय समुदायको लोकप्रिय पर्ब दिपावलीलाई सिटी, काउन्टी तथा राज्य स्तरबाट पनि मान्यता दिलाउन पहल गर्नुपर्ने नेपाली समुदायका अगुवा ज्ञवालीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.