नेपाली समाज टेक्सासको नेतृत्वमा पुन ः राजेन्द्र वाग्ले निर्बाचित

घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
नेपाली समाज टेक्सासको नेतृत्वमा पुन राजेन्द्र वाग्ले निर्बाचित भएका छन । कुल १ हजार ५ सय ६४ मत खसेकोमा वाग्लेले ८ सय ८५ ले मत प्राप्त गरि बिजयी भएका हुन । उनको निकटतम प्रतिष्पर्धी कमल सत्यालले ६११ मत प्राप्त गरेको निर्बाचन कमिटीले जनाएको छ ।
नेपाली समाज टेक्सासको नयाँ नेतृत्वको लागि शनिबार सम्पन्न निर्बाचनमा बरिष्ठ उपाध्यक्षमा जनक भण्डारी, उपाध्यक्षमा बलराम पौडेल, महासचिबमा बिजय भुसाल सचिवमा पुन्य पाण्डे कोषाध्यक्षमा रामकृष्ण यादब र सह कोषाध्यक्षमा गोबिन्दराज जोशी.निर्बाचित भएका छन ।
यसै गरि युवा बिद्यार्थी सँयोजकमा प्रबिश श्रेष्ठ, खेलकुद सँयोजकमा निलेश श्रेष्ठ निर्बाचित भएका छन । भने सदस्यहरुमा क्रमस ः जिवलाल भुसाल, राधा पौडेल अधिकारी, राधिका खराल, रमेश अधिकारी, बिजयी भएको निर्बाचन कमिटीले जनाएको छ ।
यसअघि महिला उपाध्यक्ष र साबित्री भण्डारी र महिलो सँयोजक पदमा शान्ता गिरी निर्बिरोध निर्बाचित भई सकेका थिए ।

Leave A Reply

Your email address will not be published.