घण्टेश्वर अनलाईन
अर्भिङ, टेक्सास
टेक्सासको अर्भिङमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत सँकलन भएको छ । रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गर्न नाम दर्ता गरेपनि २७ जनामात्र रक्तदान गर्न योग्य देखिएको ब्लड डोनर्स अफ अमेरिकाका उपाध्यक्ष शिब काफ्लेले जानकारी दिनु भयो ।
रक्तदान कार्यक्रममा टेक्सासको डालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समुदायले स्वतस्फुर्त रुपमा रक्तदान गरेको आयोजकले जनाएका छन । उक्त रक्तदान कार्यक्रम झापाली समाज टेक्सास च्याप्टर, ब्लड डोनर्स अफ अमेरिका र कार्टर ब्लड केयरले सँयुक्त रुपमा आयोजना गरेका थिए ।