घण्टेश्वर अनलाईन
न्यूयोर्क, अमेरिका
अमेरिकाको न्यूयोर्कमा रहेका सुदूरपश्चिमेलीहरुको सँस्था सुदूरपश्चिम समाज अमेरिका न्यूयोर्कमा नयाँ नेतृत्व चयन गरिएको छ । समाजको हालै सम्पन्न साधारण सभाले आगामी दुई बर्षको लागि १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
नयाँ नेतृत्वको पदाधिकारीहरुमा अध्यक्ष दानसिंह बिष्ट, बरिष्ठ उपाध्यक्षमा नबिनकुमार ओझा, उपाध्यक्षमा रैभान महरा, महासचिबमा हरिदत्त जोशी, कोषाध्यक्षमा भीम खत्री र सह कोषाध्यक्षमा सुनी गुरुङ रहनु भएको छ ।
यसै गरि सदस्यहरुमा क्रमस ः लक्ष्मी पन्त, सबिन चन्द, चक्रसिंह रावल, भरतसिंह खड्का, डम्बर खत्री र बिपिन कार्की चयन भएका र बाँकी दुई जना सदस्यहरु पछि कार्य समितिद्वारा मनोनित गरिने समाजले बिज्ञप्ती मार्फत जनाएको छ ।
सुदूरपश्चिम समाज अमेरिका न्यूयोर्कले सुदूरपश्चिमेलीहरुका प्रमुख चाड पर्बहरु मनाउनुका साथै हरेक बर्ष आयोजना हुने नेपाल डे परेडमा बिशेष महत्वका साथ सहभागिता जनाउदै आएको छ ।