टेक्सासका थारु समुदायले धुमधामका साथ मनाए माघे सँक्रान्ती पर्ब

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका थारु समुदायले थारु सम्बत २६४७ को शुभारम्भ तथा यस बर्षको माघे सँक्रान्ती पर्ब आईतबार धुमधामका साथ मनाएका छन । उक्त अवसरमा थारु समुदायले टेक्सास थारु समाज, अमेरिकाको लागि नयाँ नेतृत्व समेत चयन गरेका छन ।
माघे सँक्रान्ती पर्बको अवसरमा आयोजना गरिएको टेक्सास थारु समाजको दोस्रो साधारण सभाबाट राम चौधरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको समाजले जनाएको छ ।
नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा शशीकपुर चौधरी, उपाध्यक्ष मनिषा चौधरी, महासचिव नेत्रसागर चौधरी, कार्यकारी सदस्य दिनेश चौधरी, सन्तोष चौधरी, महिला संयोजक जुनु दहित रहेका छन । सँस्थाले नयाँ कार्य समितिको सचिब, कोषाध्यक्ष र सदस्य हरुमा पछि मनोनित गरि पूर्णता दिईने नवनिर्बाचित अध्यक्ष राम चौधरीले बताउनु भयो ।
थारु समुदायको प्रमुख पर्ब माघे सँक्रान्तीको अवसरमा ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने थारु समुदायले बिभिन्न साँस्कृतिक कार्यक्रम, थारु साँस्कृतिक नाच, कबिता प्रस्तुत गरिएको थियो ।
माघे सँक्रान्ती पर्ब बिशेष कार्यक्रममा सहभागी थारु अगुवाहरुले प्रवासमा रहेका थारु समुदायलाई एकताबद्ध बनाउन, भातृत्वको भावना बिकास गराउन र प्रवासमा थारु सँस्कृतिको सँरक्षण र सम्बद्र्धमा माघे सँक्रान्ती पर्बले सहयोग पुर्याएको धारणा व्यक्त गरेका थिए ।
टेक्सास थारु समाज, अमेरिकाको आयोजनामा भएको माघे सँक्रान्ती पर्ब बिशेष कार्यक्रममा टेक्सासका बिभिन्न क्षेत्रमा रहेका थारु समुदायका साथै नेपाली समुदायका अगुवाहरुको उल्लेख्य सहभागिता रहेको समाजले जनाएको    छ ।
टेक्सास थारु समाज, अमेरिकाका कार्यवाहक अध्यक्ष शशीकपुर चौधरीको अध्यक्षता तथा नेत्र सागर चौधरीको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी थारु बिज्ञ प्रेम नारायण चौधरी, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रका सचिव दिनेश ज्ञवाली, पब्लिक स्पिकिङका उत्प्रेरक सान्भी चौधरी र खगेन्द्र चौधरी, सँस्थाका आर्थिक सल्लाहकार योग चौधरी, मधेसी समाज डि एफ डब्ल्यूुका अध्यक्ष बिर्जेन्द्र शाह लगायतले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा सँस्थाका पदाधिकारीहरु र सँस्थाका सुभेच्छुकहरुलाई धन्यवाद तथा सम्मान पत्र प्रदान गरिएको थियोे ।

Leave A Reply

Your email address will not be published.