सुदूरपश्चिम नेपाली समाज टेक्सासको साधारण सभा जनवरी २८ मा हुने

All time tax

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
अमेरिकाको टेक्सासमा रहेका सुदूरपश्चिमेलीहरुको साझा सँस्था सुदूरपश्चिम नेपाली समाज टेक्सासको साधारण सभा यही जनवरी महिनाको २८ तारेखमा आयोजना हुने भएको छ । साधारण सभाको लागि आबश्यक तयारी थालिएको सँस्थाका अध्यक्ष नवराज नाथ योगीले जानकारी दिनु भयो ।
अध्यक्ष नाथका अनुसार साधारण सभा पूर्ब जनवरी २० सम्म सँस्थाको साधारण सदस्यता नविकरण तथा नयाँ साधारण तथा आजिवन सदस्यता लिन सकिने छ । सँस्थाको आधिकारिक वेवसाईट  https://farwesternsociety.org गएर सदस्यता नबिकरण तथा नयाँ सदस्यता लिन सकिने सँस्थाले जनाएको छ । यो साधारण सभाबाट आगामी २ बर्षको लागि सँस्थाको नयाँ नेतृत्व चयन गरिने बताईएको छ । सँस्थाका अनुसार तोकिएको समयमा सदस्यता लिएका नयाँ तथा पुराना सबै सदस्यले नेतृत्व चयनमा सहभागि हुन पाउने छन ।

साधारण सभा नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र(पशुपति नाथ तथा बौद्ध मन्दिर) युलेशको सभाकक्षमा दिउसो १ बजे देखि ५ बजे सम्म सन्चालन हुने सुदूरपश्चिम नेपाली समाज टेक्सासले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.