ठगी गरेको आरोपमा डोटी तोलेनीका एक युवक बुटवलबाट पक्राउ

घण्टेश्वर अनलाईन
सिलगढी
बिभिन्न ब्यक्तिलाई ठगी गरेको आरोपमा डोटी तोलेनीका एक युवक बुटवलबाट पक्राउ परेका छन । डोटी सायल गाउँपालिका अन्तरगत तोलेनीका २६ बर्षिय दिनेश सिंहलाई प्रहरीले रुपन्देही बुटवल उपमहानगरपालिका–९ मिलनचोकबाट पक्राउ गरेको हो ।
आफूलाई यूएनको इन्जिनियर भन्दै जागिर लगाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिहरूबाट १८ लाख ८५ हजार ठगी गरेर फरार भएको सूचना पाएपछि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटि गएको टोलीले पक्राउ गरेकोथियो ।
प्रहरीले उनको साथबाट १ थान ल्याप्टप, २ थान मोबाइल, पहेलो रंगको १ थान सिक्री, १ थान औंठी, विभिन्न कम्पनीको ६ थान सिम, १० थान नेपाल राष्ट्र बैंकको कार्ड होल्डर, बिभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी, ठगी गर्ने प्रयोजनको लागि बनाएका विभिन्न कागजात र नगद ६७ हजार रुपैयाँ बरामद गरेको छ । त्यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनले सुदूरपश्चिमका बिभिन्न जिल्लामा पनि बिभिन्न वहानामा ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.