जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दिपायल सिलगढी विजयी

All time tax

घण्टेश्वर अनलाईन
सिलगढी
डोटीको दिपायलमा आयोजना गरिएका १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दिपायल सिलगढी नगरपालिकाले पहिलो स्थान प्राप्त गरेको छ ।
दिपायलको दिल्पेश्वर मठ खेलमैदानमा आइतबारदेखि मङ्गलवारसम्म सञ्चालन गरिएको १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दिपायल सिलगढी नगरपालिका कुल ३१ पदक सहित बिजयी भएको हो । प्रतियोगितामा दिपायल सिलगढी नगरपालिकाले २२ स्वर्ण, ७ रजत र २ कास्य पदक प्राप्त गरेको थियो ।
यसैगरि जोरायल गाउँ पालिकाले पनि ३१ पदक हात पारेर दोश्रो भएको थियो । जोरायल गाउँ पालिकाले १० स्वर्ण, १३ रजत, ८ काश्य पदक प्राप्त गरेको जिल्ला खेलकुद बिकास समिति डोटीले जनाएको छ ।
प्रतियोगितामा कुल १५ पदक प्राप्त गरेर तेश्रो स्थान प्राप्त गरेको छ । आदर्श गाउँपालिकाले ८ स्वर्ण, ६ रजत र एक कांस्य पदक जितेको थियो । १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शिखर नगरपालिकाले कुल २२ पदक, बडिकेदार गाउँ पालिकाले २१ पदक, सायल गाउँ पालिकाले ८ पदक, बोगटान फुड्सिल गाउँपालिकाले ५ पदक, केआईसिंह गाउँपालिकाले ३ पदक र पूर्बिर्चाैकी गाउँपालिकाले २ पदक प्राप्त गरेको जिल्ला खेलकुद बिकास समितिले जनाएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बिजयी स्थानीय तहलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराते विधामा प्रतिस्पर्धा गराइएको थियो । जिल्ला स्तरीय प्रतियोगितामा सहभागि भएका मध्यबाट उत्कृष्ट खेलाडीहरुलाई छनौट गरि सुदूर पश्चिम प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागि गराईने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.