स्थानीय निकायका जनप्रतिनीधिले उम्मेदवार बन्न राजिनामा दिनु पर्ने

All time tax

घण्टेश्वर अनलाईन
काठमाण्डौं
आगामी बैशाख ३० मा हुने स्थानीय निर्बाचनमा बहालवाला जनप्रतिनीधिहरुले उम्मदवार बन्न चाहेमा पदबाट राजिनामा दिनु पर्ने भएको छ ।
निर्वाचन आयोगले प्रस्ताब गरेको निर्बाचन आचारसँहितामा बहालवाला पदाधिकारीले आगामी स्थानीय निर्बाचनमा उम्मेदवारी दिन चाहेमा राजीनामा दिनुपर्ने प्रावधान अघि सारिएको छ । आयोगले तयार गरेको आचारसंहिताको मस्यौदामा स्थानीय तहबाट पारिश्रमिक र सुविधा लिइरहेको व्यक्तिले पदबाट राजीनामा दिएपछि मात्रै उम्मेदवार बन्न सकिने व्यवस्था  छ ।
आचारसंहिताको मस्यौदा दलहरूलाई सुझावका लागि पठाएको र सुझावका आधारमा आचारसंहितालाई मंगलबारसम्म अन्तिम रूप दिने आयोगको तयारी छ ।
स्थानीय तह निर्वाचन ऐनमा स्थानीय तहबाट पारिश्रमिक लिने व्यक्ति उम्मेदवार हुन नपाउने प्रावधान रहेकाले आचारसंहितामै यो प्रावधान राख्न लागिएको आयोगले जनाएको छ । ऐनको दफा १३ ‘घ’ मा कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व र नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिको उम्मेदवार हुन योग्यता नपुग्ने आयोगको ठहर छ ।

Leave A Reply

Your email address will not be published.