टेक्सासको युलेशमा एभेरेष्ट मोमो ः पहिलो दिनमै मो मो पारखीहरुको घुईंचो

All time tax

घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
टेक्ससको युलेसमा सन्चालनमा आएको एभेरेष्ट मोमो रेष्टुरेण्टले आज देखि आफ्नो सेवा सुचारु गरेको छ । सेवा प्रारम्भ गरेको पहिलो दिन एभेरेष्ट मोमो रेष्टुरेण्टबाट उपलब्ध हुने परिकारका स्वाद लिनेहरुको घुईचो लागेको थियो । एभेरेष्ट मोमो रेष्टुरेण्टबाट उपलब्ध हुने बिभिन्न परिकारको निःशुल्क रुपमा स्वाद लिनका लागि हामीले खुल्ला रुपमा निमन्त्रणा गरेका थियो । पहिलो दिनमै दुई सय बढीले रेष्टुरेन्टमै आएर बिभिन्न परिकारहरु चाखेको सन्चालक बिकासराज न्यौपानेले बताउनु भयो ।
मोमो नेपाली समुदायमा चर्चित परिकार नै हो । तर अमेरिकामा रहेका अन्य समुदायमा पनि लोकप्रिय बन्दै गईरहेको छ । एभेरेष्ट मोमो रेष्टुरेण्टले आफ्ना परिकारहरुको घरैमा बसेर अनलाईनबाट अर्डर गर्न सक्ने व्यवस्था मिलाएको छ । सन्चालक न्यौपानेका अनुसार कसैले अनलाईनबाट अर्डर गरेमा होम डेलिभरीको समेत व्यवस्था गरिने छ ।
एभेरेष्ट मोमो रेष्टुरेण्टबाट मो मो, चाउमिन, सेकुवा, मटन तास, फ्राइड राइस लगायतका परिकार उपलव्ध हुने बताईएको छ । हिमाली क्षेत्रका उत्पादित मरमसला प्रयोग गरी अत्याधुनिक मेसिनद्धारा बिभिन्न स्वादिष्ट परिकार बनाईने रेष्टुरेन्टले दावी गरेका छन् ।

Leave A Reply

Your email address will not be published.