नेपाली काँग्रेसको आसन्न महासमिति बैठकमा अमेरिकाबाट ६ जना सहभागी हुने

All time tax

घण्टेश्वर अनलाईन
न्यूयोर्क, अमेरिका
नेपाली कांग्रेसको आसन्न महासमिति बैठकमा नेपाली जनसम्पर्क समिति,अमेरिकाबाट ६ जनाले प्रतिनिधित्व गर्ने भएका छन । उक्त बैठकको लागि नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति आनन्द बिष्ट पदेन महासमिति सदस्यको रुपमा प्रतिनिधित्व गर्ने छन भने महाधिबेशन प्रतिनिधिहरु मध्यबाट ५ जनालाई छनौट गरिएको छ । निर्बाचनको माध्यमबाट महासमिति सदस्यमा छनौट भएका प्रतिनिधिहरुमा क्रमस गौतम दाहाल, धनन्जयनरसिंह केसी, मुनिन्द्र नेम्वाङ्ग, बिद्यासागर योञ्जन र भरत अर्याल रहेका छन ।
अमेरिकामा रहेका कुल १४ जना महाधिवेशन प्रतिनिधि मध्ये १२ जना निर्बाचनमा सहभागि भएको जनसम्पर्क समिति अमेरिकाले जनाएको छ । नेपाली जनसम्पर्क समिति, अमेरिकाबाट छनौट भएका महासमिति सदस्यहरुले फागुनको दोश्रो हप्ता आयोजना हुने नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागिता जनाउने छन ।

Leave A Reply

Your email address will not be published.