एनआरएन अमेरिकाद्वारा कोलोराडोमा अन्तर्राष्ट्रिय नारी दिवस मनाईने

All time tax

सरस्वती शर्मा (सरु)
कोलोराडो, अमेरिका
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाले यस बर्षको ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस बिभिन्न कार्यक्रमका साथ मनाउने मनाउने भएको छ ।
हरेक बर्ष मार्च ८ का दिन मनाईने ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस यस बर्ष कोलोराडो च्याप्टरको समन्वयमा मनाउन लागिएको एनआरएनए एनसिसि युएसएका महिला संयोजक सुनिता खत्रीले जानकारी दिनु भयो । कार्यक्रम मार्च ९ का दिन कोलोराडो स्थित नेपाली घरमा बिभिन्न कार्यक्रमका साथ मनाउने गरि तयारी भईरहेको छ ।
“महिलामा लगानी गरौ, प्रगतिलाई गति दिऔ “भन्ने मुल नाराका मनाउन लागिएको उक्त कार्यक्रम राष्ट्रिय स्तरको हो । कार्यक्रमको लागि एनआरएनए एनसिसि युएसए तथा कोलोराडो च्याप्टरको तर्फबाट तयारी शुरु गरिएको छ । कार्यक्रममा गैरआवासीय नेपाली सँघ अमेरिकाका पदाधिकारीहरु, अगुवा महिलाहरु त्था बिभिन्न बिज्ञहरुको सहभागिता रहने कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले बताउनु भयो । महिलाहरूको सामाजिक, आर्थिक, साँस्कृतिक र राजनितिक उपलब्धीहरुलाई संस्थागत गर्ने उद्देश्यले नितन्तर रुपमा हरेक बर्ष नारी दिवस मनाउने गरिन्छ ।

 

Leave A Reply

Your email address will not be published.