एभरेष्ट फेडेरल क्रेडिट युनियनलाई प्रवासी नेपालीको पहुँचमा पुर्‍याउन अभियान शुरु

घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
अमेरिकामा नेपालीको पहिलो बित्तिय सँस्था एभरेष्ट फेडरेल क्रेडिट युनियनले आफ्ना सेवालाई प्रवासी नेपालीको पहुँचमा पुर्याउन अभियान शुरु गरेको छ । एभरेष्ट फेडरेल क्रेडिट युनियनका सेवावाट नेपाली समुदायलाई प्रत्यक्ष रुपमा फाईदा पुगोस भनेर अभियान शुरु गरिएको सिईओ मेनेजर राजबिराज रिजालले बताउनु भयो ।
अभियान अन्तरगत बिभिन्न राज्य तथा प्रमुख शहरमा रहेका नेपाली समुदायसँग अन्तरकृया, बिभिन्न माध्यमबाट आफ्ना सेवाको वारेमा जानकारी दिने काम भईरहेको छ । नेपालीले स्थापना गरेको बित्तिय सँस्था प्रति बिश्वासको वातावरण बनाउदै एक नेपाली, एक नेपाली शेयर खाताको अभियान शुरु गरिरहेका छौं, रिजालले जानकारी दिनु भयो ।
अभियानकै सन्दर्भमा एभरेष्ट फेडेरल क्रेडिट युनियनले आईतबार युलेश स्थित मन्त्र रेष्टुरेन्टमा एक अन्तरकृया कार्यक्रमको आयोजना गरि ड्यालस फोर्टवर्थ क्षेत्रका नेपाली सँस्थाका अगुवाहरु तथा नेपाली समुदायका सँस्थाहरुलाई आफ्ना सेवाको वारेमा जानकारी गराएको छ ।

अन्तरकृया कार्यक्रममा बोल्दै एभरेष्ट फेडेरल क्रेडिट युनियनका सँस्थापक तथा पदाधिकारीहरुले बित्तिय सँस्थाका सेवाहरु तथा आगामी योजनाको वारेमा जानकारी दिदै एभरेष्ट फेडेरल क्रेडिट युनियनलाई बिश्वास गर्न आग्रह गरे ।
टाउन हल बैठक नाम दिईएको उक्त कार्यक्रममा बोल्दै सँस्थाका अध्यक्ष डा. मदन उप्रेतीले एभरेष्ट फेडरेल क्रेडिट युनियन नेपाली समुदायको आफ्नो सँस्था भएकाले यसको भविश्य नेपाली समुदायको भबिश्यसँग जोडिएको धारणा ब्यक्त गर्नु भयो ।
अन्तरकृया कार्यक्रममा बोल्दै सँस्थाका पूर्ब अध्यक्ष मोहन ज्ञवालीले अमेरिकामा नेपाली समुदायका दर्जनौं सँस्था भएपनि नेपालीहरुको आर्थिक स्तर उकास्न सहयोग गर्ने एभरेष्ट फेडेरल क्रेडिट युनियन पहिलो भएको दावी गर्नु भयो । अमेरिकी बित्तिय सँस्थाहरुमा नेपाली समुदायको सहज पहुँच छैन । सेवा लिने प्रकृया निकै झन्झटिलो छ । त्यसैले नेपाली समुदायको आफ्नो बित्तिय सँस्था एभरेष्ट फेडरेल क्रेडिट युनियन नेपाली समुदायको आफ्नै बित्तिय सँस्था भएकाले समुदायले नै यसलाई बलियो र सबैको पहुँचमा पुर्याउनु पर्ने कुरामा जोड दिनु भयो ।
यसै गरि कार्यक्रममा क्रेडिट कमिटी चेयर डा. मिलन पौडेलले बित्तिय सँस्था अमेरिकी फेडेरल कानून अन्तरगत दर्ता भई सेवा प्रवाह गरिरहेको र राम्रो ब्यवस्थापनका कारण बित्तिय सँस्था नाफामा रहेको जानकारी दिनु भयो ।

यस्तै बित्तिय सँस्थाका बोर्ड अफ डाईरेक्टर राम सी पोखरेलले बित्तिय सँस्थामा व्यवस्थापकिय पक्षमा सुधार बनाउदै लगिएको र नेपाली समुदायको ईज्जत हुने खालको सँस्था बनाईने प्रतिबद्धता ब्यक्त गर्नु भयो । पोखरेलले एभरेष्ट फेडेरल क्रेडिट युनियन नेपाली समुदायको आफ्नो बित्तिय सँस्था भएकाले समुदायले बिश्वास गर्नु पर्ने कुरामा जोड दिनु भयो । बित्तिय सँस्थामा बचतमा राम्रो व्याज रहेको, अन्य बित्तिय सँस्थाको भन्दा सस्तो ब्याजदर रहेकाले निर्धक्क लगानी गर्न र आबश्यक पर्दा ऋण लिन पोखरेलले आग्रह गर्नु भयो ।
उक्त अवसरमा एभरेष्ट फेडेरल क्रेडिट युनियनका सिईओ मेनेजर राजबिराज रिजालले एभरेष्ट फेडेरल क्रेडिट युनियनको आर्थिक अवस्था र समुदायको सहभागिताको अवस्थामा जानकारी गराउनु भएको थियो । एभरेष्ट फेडेरल क्रेडिट युनियनमा बचतकर्ताले जम्मा गरेको रकमका दुईलाख ५० हजार डलरसम्मको बीमा गरिएको हुनाले सर्वसाधारणको एक पेनी पनि डुब्ने संभावना नरहेको रिजालले स्पष्ट पारे ।
बित्तिय सँस्थाको अवस्था सन्तोषजनक रहेको बताउँदै सिईओ रिजालले एभरेष्ट फेडेरल क्रेडिट युनियनमा समुदायको सहभागिता बढाउँदै लैजाने हो भने बित्तिय सँस्थालाई बैंकको रुपमा बिकसित गर्न सकिने अवसर रहेको बताउनु भयो ।
न्यूयोर्कमा मुख्य कार्यालय रहेको एभरेष्ट फेडरेल क्रेडिट युनियनले नेपाली समुदायको बाक्लो बसोवास रहेको टेक्सासको ड्यालसमा पहिलो शाखा स्थापना गरेर सेवा प्रवाह गरिरहेको छ । आईतबार आयोजना गरिएको अन्तरकृया कार्यक्रममा ड्यालस फोर्टवर्थ क्षेत्रका नेपाली समुदायका अगुवाहरुले एभरेष्ट फेडरेल क्रेडिट युनियनका सेवालाई प्रभावकारी बनाउन बिभिन्न सुझाव दिदै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । उक्त अवसरमा नेपाली समुदायका अगुवाहरु सम्मिलित एक टेक्सास अपरेशन कमिटी पनि घोषणा गरिएको थियो ।
यसै गरि उक्त कार्यक्रममा सहभागि बिभिन्न व्यक्तिहरुले एभरेष्ट फेडरेल क्रेडिट युनियन नेपाली समुदायको आफ्नै बित्तिय सँस्था भएकाले बिश्वास गर्नु पर्ने बताउदै १५ हजार देखि २ लाख ५० हजार डलर सम्म जम्मा गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा एभरेष्ट क्रेडिट युनियनमा हाल सम्म एकहजार दुईसय शेयर सदस्यहरु रहेको जानकारी दिईएको थियो । बित्तिय सँस्थाका जनक भण्डारीको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न राज्यबाट आएका नेपाली समुदायका अगुवा तथा सँस्थामा आबद्ध व्यक्तिहरुले समेत आफ्नो धारणा व्यक्त गरेका थिए । उक्त अवसरमा बिभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.