
घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
यस बर्षको मगर दिवस आईतबार टेक्सासको युलेशमा रक्तदान कार्यक्रम आयोजना गरि मनाईएको छ । नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र युलेशमा आयोजना गरिएको रक्तदान कार्यक्रम मगर समाज टेक्सास तथा ब्लड डोनर्स अफ अमेरिका टेक्सासले सँयुक्त रुपमा आयोजना गरेका थिए ।
उक्त रक्तदान कार्यक्रममा रक्तदानको लागि ५२ जनाले नाम दर्ता गरेको भएपनि रक्तदानको लागि योग्य ४७ जनाले रक्तदान गरेको ब्लड डोनर्स अफ अमेरिका टेक्सासका अध्यक्ष अजय बगालेले बताउनु भयो । रक्तदान कार्यक्रमबाट ४७ पिन्ट रगत सँकलन गरिएको ब्लड डोनर्स अफ अमेरिका टेक्सासले जनाएको छ ।
ब्लड डोनर्स अफ अमेरिका टेक्सासले नेपाली समुदायका बिभिन्न सँस्थाहरुसँग मिलेर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।