
घण्टेश्वर अनलाईन
न्यूयोर्क, अमेरिका
नेपाली अमेरीकन कलाकार संघ अमेरिकाका नव निर्बाचित कार्य समितिका पदाधिकारीहरुलाई न्यूयोर्कका पदाधिकारीहरुलाई न्यूयोर्कमा सम्मान गरिएको छ ।
न्यूयोर्कको ज्याक्सन हाईट स्थित रोयल व्यन्जन प्यालेश एण्ड बारले नेपाली अमेरीकन कलाकार संघको ५ औं अधिबेशनबाट निर्बाचित गत आईतबार एक कार्यक्रमको आयोजना गरि कलाकारहरुलाई स्वागत तथा सम्मान गरेको हो । सम्मान कार्यक्रममा उपस्थित सँघका प्रमुख सल्लाहकार, संरक्षक कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु लगायतका कलाकारहरुलाई रोयल व्यन्जन प्यालेश एण्ड बारका अध्यक्ष जीवन बमले सम्मान पत्र तथा खादा लगाएर सम्मान गर्नु भएको थियो ।
नेपाली अमेरीकन कलाकार संघ कि महासचिब संगीता थापा मगरको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै समाजसेवी तथा रोयल व्यन्जन प्यालेश एण्ड बारका अध्यक्ष जीवन बमले अमेरिकामा रहेर नेपाली कला सँस्कृतिको सँरक्षणमा प्रवासी नेपाली कलाकारहरुले पुर्याएको योगदानको प्रशँसा गर्नु भएको थियो । उक्त कार्यक्रमको सँयोजन समाजसेवी टंकबहादुर भण्डारी तथा सबिन चन्द ठकुरी ले गर्नु भएको थियो ।