टेक्सासको ड्यालसमा अन्तराष्ट्रिय महिला दिवस मनाईने

घण्टेश्वर अनलाईन
युलेश, अमेरिका
यस बर्षको अन्तराष्ट्रिय महिला दिवस टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईने भएको छ ।
नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रको सहयोगमा नेपाली समाज टेक्सास महिला बिभागद्वारा आगामी मार्च महिनाको १० आइतबारको दिन युलेश स्थित पशुपतिनाथ तथा बौद्ध बिहारमा दिवस मनाउन लागिएको नेपाली समाज टेक्सासका प्रबक्ता किरण पौड्यालले बताउनु भयो ।
समाबेशीकरणलाई प्रेरित गर्नुहोस भन्ने मूलनाराका साथ मनाउन लागिएको अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मार्च १० तारेख आईतबार दिउसो १ः३० बजे देखि बेलुकी ५ बजेसम्म मानसिक स्वास्थ्य तथा बित्तिय सशक्तिकरण सम्बन्धि जानकारीमूलक कार्यक्रम आयोजना गरिने नेपाली समाज टेक्सासले जनाएको छ ।
प्रबक्ता पौड्यालका अनुसार कार्यक्रममा प्रवासी महिलाका सवालमा छलफल तथा अन्तरकृया गरिने भएकाले नेपाली समुदायका महिलाहरुलाई सहभागिताका लागि बिभिन्न माध्यमबाट आह्वान गरिएको छ । नेपाली समाज टेक्सासले हरेक बर्ष अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिभिन्न रचनात्मक तथा जानकारीमूलक कार्यक्रम आयोजना गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.