सत्यनारायण पूजाको लागि टेक्सासका सुदूरपश्चिमेलीहरुलाई चुले निम्तो

घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
सुदूरपश्चिम नेपाली समाज टेक्सासले आईतबार पशुपति नाथ मन्दिर युलेशमा सत्यनारायणको पूजा कार्यक्रमको आयोजना गर्ने भएको छ ।  समाजको हालै सम्पन्न साधारण सभाले चयन गरेको नयाँ नेतृत्वले सत्यनारायणको पूजाआजा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको अध्यक्ष गगन केसीले जानकारी दिनु भयो ।
कुनै पनि नयाँ कामको थालनी गर्दा सत्यनारायणको पूजाआजा गर्ने सुदूरपश्चिमेली तथा नेपाली सँस्कार रहेको छ । समाजको नयाँ नेतृत्वले सत्यनारायणलाई साक्षी राखि टेक्सासमा रहेका सुदूरपश्चिमेलीहरुको पक्षमा काम गर्ने प्रतिबद्धता सहित पूजाआजा कार्यक्रमको आयोजना गरिएको केसीले बताउनु भयो ।
अध्यक्ष केसीका अनुसार सत्यनारायणको पूजाआजा कार्यक्रम यही मार्च ३ तारेख आईतबारका दिन पशुपति नाथ तथा बौद्ध मन्दिर युलेशमा बिहान १० बजे आयोजना हुने छ । सत्यनारायणको पूजाआजा कार्यक्रममा उपस्थितीको लागि टेक्सासका बिभिन्न स्थानमा रहेका आम सुदूरपश्चिमेलीहरुलाई चुले निम्तो दिईएको समाजले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.