टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा महायज्ञको चहलपहल शुरु

घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
नेपाली समुदायको बाक्लो वसोवास रहेको ड्यालस फोर्टवर्थ क्षेत्रमा आयोजना हुन लागेको महायज्ञको चहल पहल शुरु भएको छ । महायज्ञको मिति नजिकिदै जाँदा सामाजिक सन्जालका भित्ताहरु महायज्ञका तयारीको क्रममा उत्पादन गरिएका व्यानर, फोटो तथा समाचारले भरिन थालेका छन । नेपाली समुदायका अगुवाहरु महायज्ञको लागि सहयोग, समर्थन र सहभागिता जुटाउन जनै, सुपारी सहितको निमन्त्रण बक्स बोकेर नेपाली समुदायको घरघरमा पुगिरहेका छन ।
आगामी चैत्र शुक्लपक्ष प्रतिपदा अप्रिल ९ देखि १७ सम्म अर्थात (चैत्र २७) देखि नवमी (वैशाख ५) सम्म श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (नवाह) आयोजना हुँदैछ । टेक्सासको युलेशमा निर्माण हुन लागेको पशुपति नाथ तथा बुद्ध मन्दिरको लागि सहयोग जुटाउने लक्ष्य सहित महायज्ञ आयोजना गर्न लागिएको नेपाली समाज टेक्सासका महासचिब विजय भुसालले बताउनु भयो ।
महासचिब भुसालका अनुसार नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रको आयोजनामा श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ अमेरिका मै पहिलो पटक हुन लागेको हो । महायज्ञमा नेपालका चर्चिच कथा बाचक पण्डित दिनबन्धु पोखरेलले कथा बाचन गर्ने कार्यक्रम तय भएको छ । महायज्ञको लागि बिभिन्न उपसमितिहरु निर्माण गरेर तयारीको कामलाई तिब्र बनाईएको छ । महायज्ञबाट कम्तीमा पनि २ मिलियन अमेरिकन डलर सँकलन गर्ने लक्ष्य राखिएकोे छ ।
महायज्ञ शुरु हुने अघिल्लो दिन नेपाली समुदायको बृहत सहभागितामा महायज्ञ शुरु हुने अघिल्लो दिन अप्रिल ८ तारेखका दिन युलेशमा कलस यात्रा आयोजना हुने छ । अप्रिल ९ देखि १७ तारेख सम्म हरेक दिन बिहान सामुहिक पितृ तर्पण कार्यक्रम आयोजना हुने र त्यसपछि महायज्ञका नियमित कार्यक्रम सन्चालन हुने छन ।
नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रसँग महायज्ञका लागि १००८ कलस रहेको र खरिद गर्न ईच्छुक व्यक्तिहरुले नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रको आधिकारिक वेवसाईट www.ourncsc.org मा गएर अनलाईन बुकिङ गर्न सकिने बताईएको छ । केन्द्रको वेवसाईटमा गएर सँस्था तथा श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (नवाह) को वारेमा थप जानकारी लिन सकिने नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटाले जानकारी दिनु भयो ।
अप्रिल ९ देखि १७ तारेख सम्म हरेक दिन बिहान पितृ उद्दारको लागि सामुहिक तर्पण कार्यक्रम सम्पन्न भएपछि मात्र श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञका कार्यक्रमहरु अगाडी बढ्ने नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रले जनाएको छ । महायज्ञका क्रममा श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार बृहत परियोजना सम्पन्न गर्नका लागि ईच्छुक नेपाली समुदायले ३ हजार देखि १५ हजार डलर सहयोग गर्न सक्ने आयोजकले जनाएका छन ।

Leave A Reply

Your email address will not be published.