घण्टेश्वर अनलाईन
काठमाण्डौं
यस बर्षको अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर गैरआवासीय नेपाली सँघ, अन्तराष्ट्रिय समन्वय परिषदले महिलाका सवालमा छलफल गर्ने भएको छ । Invest in Women : Accelerate Progress भन्ने नाराका साथ मनाउन लागिएको अन्तराष्ट्रिय महिला दिवसमा नेपाली महिलाहरुका बिद्यमान सवालमा छलफल तथा अन्तरकृया गर्न लागिएको गैरआवासीय नेपाली सँघ, अन्तराष्ट्रिय समन्वय परिषदकी उपाध्यक्ष रोजिना प्रधान राईले जानकारी दिनु भयो ।
छलफल तथा अन्तरकृया कार्यक्रम यही मार्च महिनाको ७ तारेखमा नेपाली समय अनुसार बेलुकी ५ बजे देखि जूम माध्यमबाट शुरु हुने भएकाले उक्त कार्यक्रममा ईच्छुक सबै सहभागि हुन सक्ने छन । छलफल तथा अन्तरकृया कार्यक्रमको लागि जूम मिटिङ आईडी 991 3208 4385 तथा पासकोड 2024 परिषदले जनाएको छ ।
छलफल तथा अन्तरकृया कार्यक्रममा महिला अधिकारको क्षेत्रमा लामो समय देखि कृयाशिल अगुवा महिलाहरुलाई बिषयगत बक्ताको रुपमा आमन्त्रण गरिएको छ । उपाध्यक्ष रोजिना प्रधान राईका अनुसार नेपालमा महिलाको अवस्था, राष्ट्रिय महिला आयोगको कार्यभार बिषयमा राष्ट्रिय महिला आयोकी अध्यक्ष कमलाकुमारी पराजुली, राजनैतिक पहुँच ः महिलालाई दानकी अपमान ? बिषयमा पूर्ब मन्त्री महालक्ष्मी उपाध्याय, अन्तराष्ट्रिय नारी दिवस ः समाज शास्त्रीय दृष्टिकोण बिषयमा समाजशास्त्री डा. मिना पौडेल, विषम परिस्थितीका युवाहरु ः कति कमजोर ? कति सक्षम ? विषयमा ब्लाईन्ड रक्सकी सँस्थापक तथा अध्यक्ष सृष्टि केसीले बोल्नु हुने छ ।
यसै गरि मानव अधिकारको दृष्टिमा ः महिला कति उपेक्षित कति सम्मानित बिषयमा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, दलहरुमा महिला समाबेशीकरण हिजो र आज बिषयमा पूर्ब मन्त्री शशी श्रेष्ठ र घरेलु कामदार खाडीमा महिलाको अवस्था विषयमा पौरखी नेपालकी अध्यक्ष, सँस्थापक मन्जु गुरुङ्गले आफ्नो बिचार व्यक्त गर्नु हुने छ ।
उक्त कार्यक्रममा जूम मार्फत सहभागिताका लागि गैरआवासीय नेपाली सँघ, अन्तराष्ट्रिय समन्वय परिषदले ईच्छुक सबैलाई अनुरोध गरेको छ ।