घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
यस बर्षको होली पर्ब मनाउन टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रका नेपाली समुदायले तयारी थालेका छन । नेपालीको प्रमुख चाड मध्यको एक होली पर्ब कतिपय स्थानमा सामुहिक र कतिपय जातीय तथा क्षेत्रीय सँस्थाहरुले छुट्टा छुट्टै मनाउन सामाजिक सन्जालमा व्यानर सार्बजनिक गरिरहेका छन ।
नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सासको युलेशमा मार्च २३ शनिबारका दिन सामुहिक रुपमा होली पर्ब मनाईने भएकोे छ । उक्त मेघा होली कार्यक्रम नेपाली समाज टेक्सास, ईन्द्रेणी साँस्कृतिक सँघ टेक्सास, नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र टेक्सास, गैरआवासीय नेपाली सँघ , ब्लड डोनर्स अफ अमेरिका टेक्सास, लुम्बिनी समाज अमेरिका, सुदूरपश्चिम नेपाली समाज टेक्सास, मगर समाज टेक्सास, तामाङ्ग समाज टेक्सास, किरात राई समाज टेक्सास, किरात याङथुङ टेक्सास र युकेआरओके टेक्सास लगायतको आयोजनामा हुन लागेको नेपाली समाज टेक्सासका प्रबक्ता किरण पौड्यालले जानकारी दिनु भयो । मेघा होली कार्यक्रम नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र (पशुपति नाथ मन्दिर) युलेशमा आयोजना गरिने भएकाले टेक्सासमा रहेका नेपाली समुदायलाई सहभागिताको लागि नेपाली समाज टेक्सासले सबैलाई आग्रह गरेको छ । कार्यक्रममा होलीको शुभकामना आदान प्रदान, बिबिध साँस्कृतिक कार्यक्रम तथा रमाईलो कार्यक्रमको आयोजना गरिने प्रबक्ता पौड्यालले बताउनु भयो ।
यसैगरि नेपाली पाठशाला, नेपलिज दिभाज फाउन्डेशन र फोर्टवर्थ नेपाली समाज टेक्सासले पनि मार्च २४ आईतबारको दिन सँयुक्त रुपमा होली पर्ब मनाउने भएका छन । उक्त होली कार्यक्रममा बिबिध साँस्कृतिक कार्यक्रम, खेलकुद कार्यक्रम, निःशुल्क भोजनको व्यवस्था रहेको बताईएको छ ।
यस्तै अमेरिका मधेसी समाज टेक्सास च्याप्टरको आयोजनामा मार्च २३ शनिबारको दिन ग्रेपभाईन लेकमा होली उत्सब कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका मधेसी समुदाय परम्परागत पोशाकमा सहभागि हुने टेक्सास च्याप्टरका अध्यक्ष रामबाबु गुप्ताले जानकारी दिनु भयो । होली कार्यक्रममा रङ्ग सहित शुभकामना आदान प्रदान कार्यक्रम, बिबिध साँस्कृतिक कार्यक्रम, बनभोज कार्यक्रम लगायत बिबिध कार्यक्रम आयोजन ागर्ने समाजले जनाएको छ ।
मधेसी समुदायको अर्को कृयाशिल सँस्था अमेरिका मधेसी सँघ डिएफडब्लु च्याप्टरले मार्च २४ तारेखमा होली पर्ब मनाउने भएको छ । उक्त सँस्थाद्वारा सार्बजनिक गरिएको व्यानर अनुसार होली पर्ब मेडलिन ट्रेल ग्रेपभाईनमा हुने छ । उक्त अवसरमा बनभोज, बिबिध साँस्कृतिक कार्यक्रम, होलीको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिने बताईएको छ ।
अमेरिकाको टेक्सासमा रहेका सुदूरपश्चिमेलीहरुको सँस्था सुदूरपश्चिम नेपाली समाज टेक्सासले पनि मार्च २४ तारेखमा होली बिशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । होली कार्यक्रममा सुदूरपश्चिमको साँस्कृतिक चाड होलीको अवसरमा बिबिध साँस्कृतिक कार्यक्रम, होलीको शुभकामना आदान प्रदान कार्यक्रम, बनभोज लगायतका कार्यक्रम आयोजना गरिने समाजका अध्यक्ष गगन केसीले जानकारी दिनु भयो ।



