बलायर दम्पतीद्वारा बिद्यालयमा अक्षय कोषको स्थापना

घण्टेश्वर अनलाईन
दिपायल
शिक्षाबिद् डा.भोजबहादुर बलायर तथा श्रीमति अन्जु बलायरले डोटीको सीताराम माबि उच्चकोटमा एक अक्षय कोषको स्थापना गरेका छन ।
बलायर दम्पतीले आफ्ना बुवा खड्कबहादुर बलायर तथा आमा स्व. हंशादेबी बलायरको नाममा सीताराम माबि उच्चाकोट डोटीमा ५ लाख १ सय १ रकमको अक्षय कोष स्थापना गरेका हुन । आफु अध्ययन गरेको बिद्यालयमा खड्कशहंसा अक्षय कोष स्थापना गर्न पाउँदा खुशी लागेको डा. बलायरले बताउनु भयो ।
सीताराम माबि उच्चाकोट मैले अध्ययन गरेको बिद्यालय हो । भौतिक रुपमा म बिदेशमा भएपनि आमा बुवाको नाममा स्थापना गरिएको अक्षय कोषले बिद्यालयसँगको सम्बन्धलाई जीवन्त राख्नमा सहयोग पुग्ने डा. बलायरले बिश्वास व्यक्त गर्नु भयो । बलायर दम्पतीले स्थापना गरेको खड्कशहंसा अक्षय कोषबाट प्राप्त हुने व्याज रकमबाट कक्षा ११ र १२ मा अध्ययनरत उत्कृष्ट बिद्यार्थीलाई उच्च शिक्षाको लागि सहयोग गर्ने उद्देश्य रहेको छ । आफुले अध्ययन गरेको बिद्यालयमा अक्षय कोष स्थापना गरेकोमा सीताराम माबि उच्चाकोटले डा. बलायर दम्पतीलाई प्रशँसा पत्र समेत प्रदान गरेको छ ।
हाल टेक्सासको ड्यालसमा बस्दै आउनु भएका डा. बलायरले नेपालमा रहँदा नेपाल सरकारको उपसचिब रहँदा शिक्षा क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउनु भएको थियो । हाल नेपाली समाज टेक्सासद्वारा सन्चालित ग्लोबल नेपाली पाठशालाको प्रिन्सिपल रहनु भएको छ । बिदेशमा जन्मेका र हुर्केका बालबालिकाहरुलाई लक्षित गरि डा.बलायरले तयार गर्नु भएको पाठ्यक्रम अनुसार ग्लोबल नेपाली पाठशालामा पढाउने गरिएको छ । उक्त पाठ्यक्रम अनुसार अमेरिकाका बिभिन्न राज्य तथा बिभिन्न देशमा सन्चालित नेपाली पाठशालाहरुमा पठनपाठन हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.