अस्टिनमा नवनिर्मित पशुपतिनाथ मन्दिरमा बिशेष पूजाआजा शुरु

घण्टेश्वर अनलाईन
अस्टिन, टेक्सास
टेक्सासको राजधानी अस्टिनमा निर्माण गरिएको पशुपतिनाथ मन्दिरमा बिशेष पूजाआजा सहित मूर्तिमा प्राण प्रतिष्ठा गर्ने कार्य बुधबारबाट शुरु भएको छ । ग्रेटर अस्टिन नेपाली समाजको अगुवाईमा निर्माण गरिएको भगवान पशुपतिनाथ मन्दिरमा बुधबार बिहान देखि दुई दिनसम्म रुद्री पाठ, बेद पाठ, पान्चायन देवताको पूजा, जप र हवन गर्ने काम हुने समाजका अध्यक्ष भोजराज भट्टले जानकारी दिनु भयो । अध्यक्ष भट्टका अनुसार अस्टिनबासी नेपाली समुदायको सहयोग र सहभागितामा निर्माण गरिएको उक्त मन्दिरको मार्च ८ तारेख महाशिबरात्री पर्बको दिन बिशेष समारोहका बीचमा उद्घाटन गरिदैछ ।
पशुपतिनाथ मन्दिर अस्टिनको विलियम्सन काउन्टीको हुट्टोमा अवस्थित रहेको छ । टेक्सासको राजधानी अस्टिनमा नेपालीको पहिचान झल्किने पशुपतिनाथको मन्दिर निर्माण भएपछि अस्टिन तथा आसापासका नेपाली समुदायहरु हर्षित छन । करिब ७ लाख डलरको लागतमा निर्माण गरिएको पशुपतिनाथ मन्दिरले नेपालको पशुपतिनाथ मन्दिरको झल्को दिईरहेको स्थानीय नेपाली समुदाय बताउछन ।

Leave A Reply

Your email address will not be published.