पहिरोका कारण अबरुद्ध केआईसिंह राजमार्ग आज बिहान ९ बजेसम्म सुचारु हुने

घण्टेश्वर अनलाईन
जोरायल
सुख्खा पहिरोका कारण बिहिबार बेलुकीदेखि अबरुद्ध केआईसिंह राजमार्ग अझै सुचारु हुन सकेको छैन । डोजर तथा एक्जाभेटर प्रयोग गरि डडेल्धुराको रडुवामा माथीबाट खसेको पहिरो पन्छाउन प्रयास भईरहेकाले आज बिहान ९ बजे सम्म सुचारु हुन सक्ने अनुमान गरिएको छ । रडुवा खोला नजिक सडक माथीबाट बुधबार दिउँसोदेखि नै ढुंगामाटो खस्न शुरु भएको थियो । बिहीबार बेलुकी करिब साढे ७ बजे तिर ठुलो सुख्खा पहिरो खस्दा आवतजावत पूर्ण रुपमा ठप्प रडुवा खोलाका स्थानीय व्यापारीले बताए ।
सडक अबरुद्ध भएपछि दर्जनौं यात्रुहरु रडुवा खोलामा अलपत्र परेका छन । पहिरो पन्छाउने काम तिब्र रुपमा भईरहेको छ । सडक माथीबाट खसेको कडा ढुङ्गा फुटाउन समय लागिरहेकाले करिब ९ बजेतिर खुल्न सक्ने अनुमान गरिएको रडुवा खोलामा अलपत्र परेका यात्रु तीर्थराज भट्टले जानकारी दिए ।
डडेल्धुरा डोटी केआईसिंह राजमार्गको रडुवा खोला नजिक सडक माथीबाट बर्षात तथा सुख्खा मौसममा पनि पहिरो खस्दा बेलबेलामा यातायात अबरुद्ध हुने गरेको छ ।

Leave A Reply

Your email address will not be published.