अमेरिकामा आईतबारबाट डेलाइट सेभिङ टाइम, एघार घण्टाको रात हुने

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
अमेरिकामा हरेक बर्ष झैं मार्च १० आईतबारबाट डेलाइट सेभिङ टाइम शुरु हुँदैछ । डेलाइट सेभिङ टाइम अनुसार आईतबार विहान १ बजेर ५९ मिनेट गइसकेपछि २ को सट्टा ३ बज्नेछ । डेलाइट सेभिङ टाइम शुरु भएपछि रात ११ घण्टाको हुनेछ । डेलाइट सेभिङ टाइम हरेक बर्ष मार्च १० मा शुरु भएर नोभेम्बर ३ मा समाप्त हुने गर्दछ ।
डेलाइट सेभिङ टाइम अनुसार १ घण्टा समय अगाडि जाने भएकाले माइक्रोवेभ, हातेघडी, भित्तेघडी, ओभनहरुमा आफैले घडी एकघण्टा फरवार्ड गर्नुपर्नेछ भने मोबाइल, ल्यापटप जस्ता इन्टरनेट कनेक्ट हुने डिभाइसहरुमा घडी आफै परिबर्तन गर्नु पर्नेछ । गुगलका अनुसार अमेरिकाले दोस्रो विश्वयुद्धको अधिकांश समयमा इन्धन बचत गर्न र चीजहरू मानक राख्नको लागि डेलाइट सेभिङ राखेको थियो ।

Leave A Reply

Your email address will not be published.