घण्टेश्वर अनलाईन
मेरिल्याण्ड, अमेरिका
सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डका अध्यक्ष तथा समाजसेवी दमनबिक्रम शाह गैरआवासीय नेपाली संघ मेरिल्याण्डको सल्लाहकारमा मनोनित भएका छन ।
हालै सम्पन्न गैरआवासीय नेपाली संघ मेरिल्याण्ड च्याप्टरको बैठकले शाहलाई सल्लाहकारमा मनोनित गरेको हो । सुदूरपश्चिमको डोटी गडसेरा पुख्र्यौली घर भएका शाह बिगत एक दशकदेखि सामाजिक क्षेत्रमा सकृय रहेका छन ।
सन २०१२ देखि अमेरिकाको मेरिल्याण्ड बालटिमोरलाई कर्मक्षेत्र बनाएका शाह बाना मेरिल्याण्डका समेत सल्लाहकार हुनु हुन्छ । । गैरआवासीय नेपाली संघ मेरिल्याण्ड सल्लाहकारमा मनोनित भएपछि शाहले आफुले प्रवासी नेपालीलाई मातृभूमिसँग जोड्न र गैरआवासीय नेपाली संघ मेरिल्याण्ड च्याप्टरलाई प्रवासी नेपाली मैत्री बनाउन आफ्नो भूमिका रहने प्रतिकृया दिनु भयो ।
