कर्णाली पुलमा भएको क्षती पत्ता लगाउन केही दिनका लागि आवागमन बन्द हुने

घण्टेश्वर अनलाईन
धनगढी, कैलाली
सोमबार दिउसो गुडिरहेको ना ५ ख ५२९७ ट्रकमा भएको आगलागीका कारण कर्णाली पुलमा समेत आंशिक क्षती पुगेपछि केही दिनका लागि पुलबाट आवागमन बन्द हुने भएको छ ।
ट्रक आगलागीको कारण पत्ता लगाई सुरक्षाका कारण पुलमा आवागमन गर्न मिल्ने नमिल्ने सुनिश्चित गर्न केही दिनका लागि आवागमन बन्द गर्ने निर्णय गरिएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख इन्जिनियर नीरज शाक्यले जानकारी दिनु भयो ।
इन्जिनियर शाक्यका अनुसार आवागमन बन्द हुने भएपछि वैकल्पिक मार्गबाट सवारी आवागमनको लागि कैलालीको लम्की देखि दक्षिणी टिकापुर–सत्तिपुल हुँदै बर्दियाको राजापुरबाट गुलरिया भएर पूर्व–पश्चिम राजमार्गमा निस्कन सकिने वा हुलाकी राजमार्ग प्रयोग गर्न सकिने छ ।
विरगञ्जबाट लाइटर लोड गरि कञ्चनपुरतर्फ गइरहेको ट्रक कर्णाली पुलमा कर्णाली पुलमा गुडिरहेको अवस्थामा अकस्मात आगो लागेको थियो । आगलागीको कारण खुल्न सकेको छैन । ट्रकमा लाइटर लोड गरिएका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
स्थानीय बासिन्दाहरुका अनुसार ट्रकमा भएको आगलागी करिब २ घण्टा नियन्त्रण बाहिर रहेको थियो । ट्रकमा रहेका चालक र सहचालकको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । कैलाली र बर्दियाका विभिन्न पालिकाहरूबाट ढिलै भएपनि पुगेका दमकलको सहायता तथा बालुवा हालेर आगो निभाउने प्रयास गरिएको थियोे । ट्रकमा रु. १ करोड १० लाख भन्दा बढी मूल्य बराबरका लाइटर लोड गरिएका थिए ।

Leave A Reply

Your email address will not be published.