टेक्सासको अस्टिनमा “ग्यान्स होली मेला” आयोजना हुने

घण्टेश्वर अनलाईन
अस्टिन, टेक्सास
टेक्सासको राजधानी अस्टिनमा “ग्यान्स होली मेला” आयोजना हुने भएको छ । । ग्रेटर अस्टिन क्षेत्रमा रहेका नेपाली समुदायको साझा सँस्था ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) को आयोजनामा यस बर्षको होली पर्ब बिभिन्न कार्यक्रमको आयोजना गरि मनाउन लागिएको हो ।
होली पर्ब नेपाली समुदायको प्रमुख साँस्कृतिक चाड हो । ग्रेटर अस्टिन क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायका बृहत सहभागितामा यस बर्ष पनि होली पर्ब मनाउन लागिएको ग्यान्सका अध्यक्ष भोजराज भट्टले बताउनु भयो ।
होली पर्बको अवसरमा यही मार्च २३ शनिबारका दिन दिउसो ३ ः ३० बजे देखि बेलुकी ८ः३० बजे सम्म बिभिन्न साँस्कृतिक कार्यक्रम, भोजन, खेलकुद कार्यक्रम, रङ्ग सहित शुभकामना आदान प्रदान कार्यक्रम, लगायतका बिभिन्न कार्यक्रम आयोजना गरिने ग्यान्सले जनाएको छ ।
1251 County RD  138   Hutto  ७८६३४ टेक्सासमा आयोजना गरिने “ग्यान्स होली मेला” कार्यक्रममा सहभागिताका लागि ग्रेटर अस्टिनबासी नेपाली समुदायलाई ग्यान्सले अनुरोध समेत गरेको छ।

Leave A Reply

Your email address will not be published.