न्यूयोर्कको कोरोना पार्कमा सुदूरपश्चिमेलीले होली पर्ब मनाउने

घण्टेश्वर अनलाईन
न्यूयोर्क, अमेरिका
अमेरिकाको न्यूयोर्कमा बसोवास गर्ने सुदूरपश्चिमेलीहरुले यस बर्ष पनि होली पर्ब बिभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएका छन । सुदूरपश्चिमेली समुदायको प्रमुख साँस्कृतिक चाड समेत रहेको होली पर्बलाई सुदूरपश्चिमको सँस्कृति झल्किने गरि बिबिध कार्यक्रमको आयोजना गरि मनाउन लागिएको सुदूरपश्चिम समाज अमेरिका न्यूयोर्कका अध्यक्ष दानसिंह बिष्टले जानकारी दिनु भयो ।
अध्यक्ष बिष्टका अनुसार यस बर्षको होली पर्ब यही मार्च २४ आईतबारका दिन दिउसो १२ बजे देखि बेलुकी ५ बजेसम्म स्थानीय कोरोना पार्कमा मनाईने छ । होली पर्बमा एक आपसमा रङ्ग लगाएर होलीको शुभकामना आदान प्रदान, सुदूरपश्चिमको सँस्कृति झल्किने विविध साँस्कृतिक कार्यक्रमहरु, बालबालिकाहरुका लागि रमाईलो खेलहरु, चिट्ठाका साथै आकर्षक उपहारहरु, स्वादिष्ट खानका परिकारहरु प्रमुख आकर्षण रहेको सुदूरपश्चिम समाज अमेरिका न्यूयोर्कले जनाएको छ ।
होली पर्ब नेपाली समुदायको प्रमुख चाड भएपनि नेपालको सुदूरपश्चिम प्रदेशमा होली पर्बलाई बिशेष पर्बका रुपमा मनाउने गरिन्छ । होली पर्बका अवसर सुदूरपश्चिमेलीहरुले होली पर्बको दिन लगाईने बिशेष पोशाक, नेपाली तथा सुदूरपश्चिमको बिशेष पोशाकमा सहित उपस्थित हुने गरि कार्यक्रम तय गरिएको छ समाजका उपाध्यक्ष तथा कल्चर कोअर्डिनेटर रैभान महराले जानकारी दिनु भयो । होली पर्बको अवसरमा सुदुरपश्चिमको प्रमुख बाजा दाईन दमाहको तालमा सुदूरपश्चिमेलीहरु छमछमी नाचेर डेउडा खेल्ने कार्यक्रम रहेको उपाध्यक्ष महराले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.