महिला, बालबालिका मन्त्री भगवती चौधरीद्वारा न्यूयोर्क स्थित नेपाली समुदायसँग अन्तरकृया

घण्टेश्वर अनलाईन
न्यूयोर्क, अमेरिका
अमेरिका भ्रमणमा रहेकी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले न्यूयोर्क स्थित नेपाली समुदायसँग अन्तरकृया गर्नु भएको छ । प्रवासी नेपाली मन्च अमेरिका न्यूयोर्क च्याप्टरद्वारा आईतबार आयोजित अन्तरकृया कार्यक्रममा मन्त्री चौधरीले प्रवासी नेपालीहरुका सवालहरुका वारेमा जानकारी लिनु भएको हो ।
प्रवासी नेपाली मन्च अमेरिका न्यूयोर्क च्याप्टरका उपाध्यक्ष गोपी ढुंगानाको अध्यक्षता तथा सचिब बलभद्र खडायतको सन्चालनमा सम्पन्न अन्तरकृया कार्यक्रममा सहभागि नेपाली समुदायका प्रतिनिधिहरुले प्रवासी नेपालीहरुले पासपोर्ट नबीकरणको समस्या भोग्नु परेकाले सहजिकरणका लागि मन्त्री चौधरीसँग आग्रह गरेका थिए । युवाहरूलाई बिदेश पलायन हुनबाट रोक्न सरकारले नीतिगत ब्यवस्था गर्नु पर्ने, एनआरएन नागरिकताको बारेमा प्रशासनिक स्पष्टता लगायत समसामयिक जनसरोकारका बारेमा सहभागिहरुले मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
अन्तरकृया कार्यक्रममा प्रवासी नेपाली मन्च न्यूयोर्क राज्य कमिटीका सहसचिव शम्भु राई, जनजाती महासंघ अमेरिकाका अध्यक्ष तोरण गुरूङ, एनआरएनएका क्षेत्रीय संयोजक आङछिरिङ शेर्पा, अन्तराष्ट्रिय तामाङ परिषदका उपमहासचिव लाक्यन लामा, एनआरएनए न्यूयोर्कका पूर्वसचिव बासु लामिछाने, गोर्खाली समाज अमेरिकाका अध्यक्ष खाम भट्ट, धादिङ समाजका सदस्य सागर अधिकारी लगायतका सहभागीहरूले सम सामयिक बिषयमा मन्त्री चौधरी लगायतका अतिथीसँग जिज्ञासा राखेका थिए ।
उक्त अन्तरकृया कार्यक्रममा बोल्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले अन्तरकृया कार्यक्रममा प्रवासी नेपालीहरुबाट महत्वपूर्ण सल्लाह सुझाव र जानकारी प्राप्त भएको बताउदै सरोकारवाला निकायसँगको समन्वयमा प्रवासी नेपालीका समस्याहरु सामाधान गर्न पहल बताउनु भयो ।
प्रवासी नेपालीका समस्या सामाधानको लागि बर्तमान सरकार प्रतिबद्ध रहेको बताउदै मन्त्री चौधरीले पासपोर्ट नवीकरणको समस्या तत्काल सामाधानको लागि न्यूयोर्कस्थित कंसुलर कार्यालयलाई निर्देशन समेत दिनु भयो ।
यसैगरि कार्यक्रमका अतिथी बक्ता एमाले नेतृ तथा पूर्ब सभाषद डा. बिन्दा पाण्डेले नेपालको सम्बृद्धि र बिकासमा प्रवासी नेपालीहरुको भूमिका हुनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
अतिथी बक्ता पूर्ब साँसद शान्ता चौधरीले आफÞ्नो “कमलरी देखी सांसद एवं संयुक्तराष्ट्रसंघसम्म” को अवस्थामा आईपुग्दाको स्थितिको चर्चा गर्दै पूर्व सांसद शान्ता चौधरीले पिछडÞिएको वा अल्पसंख्यक जनजातिहरूले आफ्नो उत्थानको निम्ति अरुलाई गाली गरेर हैन कि आफुलाई सक्षम र सबल बनाउंदै मूलधारको राजनीति र बिकासमा प्रतिस्पर्धा गर्नुपर्ने कुरा बताउनु भयो ।
प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय अध्यक्ष संजय थापाले प्रवासी नेपालीहरू नेपालको सम्वृद्धि र बिकासको निम्ति सहयोग गर्न सदैव उत्साहित रहेकाले सरकारले उचित र प्रष्ट नीतिको ब्यवस्था गर्न आबश्यक रहेको बताउनु भयो । प्रवासी नेपाली संघ अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले प्रवासी नेपालीको सवालहरु र सरोकारका विषयहरूलाई माननिय मन्त्री मार्फत नेपाल सरकार समक्ष पुर्याउन अन्तरकृया कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
उक्त अवसरमा अधिकार न्यूयोर्ककि निर्देशक नर्वदा क्षेत्रीले नेपाली डायस्पोरामा अधिकार संस्थाले महिला तथा अन्य लक्षित समूहमा संचालन गरेको कार्यक्रमहरू बारेमा जानकारी गराएकी थिईन ।
उक्त कार्यक्रममा नेकपा एमाले सुदुर पश्चिम प्रदेश कमिटीका सदस्य सरस्वती नेपाली, राष्ट्रिय युबा संघ नेपालका प्रबक्ता निरोज पौडेल, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य एवं महिला बिभाग प्रमुख कुन्ती थापा, अमेरिका–क्यानाडा महादेश कमिटी सदस्य अशोक कार्की, अन्तराष्ट्रीय कमिटी सल्लाहकार फुरी शेर्पा, जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वांग, अमेरिकाका लागि नेपाली पूर्व राजÞदूत डा. अर्जुन कार्की, संयुक्त राष्ट्रसंघका नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा लगायतका ब्यक्तिहरूको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.