डोटीका डिएसपी श्रीवास्तव सिआईविमा सरुवा

घण्टेश्वर अनलाईन
दिपायल
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तव सरुवा भएका छन । प्रहरी प्रधान कार्यालयले १ सय ४१ जना डिएसपीहरुको सरुवा गर्ने क्रममा श्रीवास्तवलाई केन्द्रीय अनुसन्धान व्युरो पिलर ७ अनुसनधान तथा कारवाही शाखा महाराजगन्ज काठमाण्डौमा सरुवा गरिएको हो । डिएसपी श्रीवास्तवको ठाउँमा जिल्ला प्रहरी कार्यालय ओखरढुँगाका प्रहरी नायव उपरिक्षक दिपकबहादुर केसी आउने भएका छन ।
यसै गरि जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कबिन्द्रसिंह बोहरा जिल्ला प्रहरी कार्यालय कैलाली, जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्द अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल प्रहरी महाशाखा, सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय गम्भिर अपराध अनुसन्धान शाखाका डिएसपी गणेशबहादुर बराल नेपाल प्रहरी युक्ति तालिम महाबिद्यालय नवलपरासी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान सहायता शाखा कैलालीका बीरेन्द्र वीर बिश्वकर्मा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सरुवा भएको प्रहरी प्रधान कार्यालयद्वारा प्रकाशित सरुवा सूचीमा जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.