घण्टेश्वर अनलाईन
हल्टम, टेक्सास
यस बर्षको होली पर्बको अवसर पारी टेक्सासको बिभिन्न स्थानमा बसोवास गर्ने बारा जिल्लाबासीहरु सँगठित भएका छन । टेक्सासको हल्टम सिटी स्थित Buffalo Ridge park मा आईतबार आयोजना गरिएको होली बिशेष कार्यक्रममा सहभागि भएका बारा जिल्लाबासीहरुले समाजसेवी अमरनाथ शाहको अध्यक्षतामा बारा समाज, टेक्सास नामक सँस्था गठन गरेका छन ।
उक्त समाजको उपाध्यक्षमा बन्दना बिष्ट, सचिबमा रामप्रसाद अधिकारी, कोषाध्यक्षमा सुबोध आचार्य तथा सदस्यहरुमा क्रमसः उमेश शाह, बलराम श्रेष्ठ, कौशल बिष्ट, सन्जु शाह, शैलेश अर्याल चयन भएका छन ।
यसैगरि समाजको सल्लाहकार समितिमा संयोजक सन्जय रिमाल सदस्यहरुमा सन्तोष चौधरी र पंकज अर्याल रहनु भएको समाजका सचिब रामप्रसाद अधिकारीले बताउनु भयो ।
होलीको अवसरमा आयोजना गरिएको होली बिशेष कार्यक्रममा बारा जिल्लाबासीहरुले एकआपासमा होलीको टिका लगाएर शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा उपस्थित समाजसेवी राजिव लोचन रिमालले सबैलाई होलीको टिका लगाई दिनु भएको थियो । कार्यक्रममा सहभागिहरुले होली गीतमा नाचगान गरेर रमाईलो गरेका थिए ।
