अमेरिकाको बिभिन्न राज्यमा मधेशी समुदायको पहिचान सहितको होली

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास

अमेरिकाको बिभिन्न राज्यमा बसोवास गर्ने मधेशी समुदायले यस बर्षको होली पर्ब उल्लासपूर्बक मनाएका छन । मधेशी समुदायको बिशेष पर्बको रुपमा रहेको होली पर्बलाई अमेरिकाका बिभिन्न राज्यमा रहेका मधेशी समुदायले आफ्नो मौलिक पोशाक सहित रङ्ग खेलेर हर्षोल्लासका साथ मनाएको मधेशी एशोसियशन ईन अमेरिका ९मा० का केन्द्रीय अध्यक्ष डा। सँगीत रौनियारले बताउनु भयो ।
अध्यक्ष रौनियारका अनुसार होली पर्बको अवसरमा बिभिन्न राज्यमा एक आपसमा रङ्ग लगाएर होलीको शुभकामना आदानप्रदान, बिभिन्न होली गीतमा नाचगान कार्यक्रम, बनभोज लगायतका कार्यक्रम आयोजना गरिएका थिए ।
मधेशी एशोसियशन ईन अमेरिका ९मा० को राज्य समितिको आयोजनामा शनिबार र आईतबार जर्जिया, पेन्सिलभेनिया, पिट्सबर्ग, बोस्टन, क्यालिफोर्नया, फ्लोरिडा लगायतका स्थानमा होली मनाईएको र अन्य राज्यमा पनि होली पर्ब मनाउने कार्यक्रम रहेको रौनियारले जानकारी दिनु भयो ।
यसैगरि मधेशी एशोसियशन ईन अमेरिका९मा० ड्यालस फोर्टवर्थ च्याप्टरको आयोजनामा आईतबार होली कार्यक्रम मनाईएको छ । ड्यालस फोर्टवर्थको ग्रेभभाईन लेकमा आयोजना गरिएको होली कार्यक्रममा ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने मधेशी समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
मधेशी एशोसियशन ईन अमेरिका९मा० ड्यालस फोर्टवर्थ च्याप्टरका कोषाध्यक्ष रामकुमार शाहले सन्चालन गर्नु भएको होली बिशेष कार्यक्रममा बोल्दै सँस्थाका केन्द्रीय अध्यक्ष डा। सँगीत रौनियारले मधेशी समुदायमा होली पर्बको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो ।
बिदेशमा बिभिन्न चाडपर्ब मनाउदा भाषा सँस्कृति पुस्तान्तरण हुने बताउदै अध्यक्ष रौनियारले मधेशी एशोसियशन ईन अमेरिका९मा० का अमेरिकामा रहेका सबै राज्य समितिले महत्वका साथ होली पर्ब मनाएको जानकारी दिनु भयो । उक्त अवसरमा सामुहिक रुपमा होली कार्यक्रम आयोजना गर्ने टेक्सास च्याप्टर अध्यक्ष बिजेन साह, अटलान्टा च्याप्टर अध्यक्ष जय नाराययण शाह, पिट्सबर्ग च्याप्टर अध्यक्ष राम शाह, बोस्टन च्याप्टर अध्यक्ष शिब ठाकुर, फिलाटेलफिया च्याप्टर अध्यक्ष नितेश पाण्डे, क्यालिफोर्निया च्याप्टर अध्यक्ष दिनेश शाह तथा फ्लोरिडा च्याप्टर अध्यक्ष प्रेम सिंह लगायत सबै मधेशी समुदायलाई अध्यक्ष रौनियारले धन्यवाद दिनु भयो ।

ड्यालस फोर्टवर्थ च्याप्टर अध्यक्ष बिजेन शाहले सहभागीहरुलाई होलीको शुभकामना सहित स्वागत गर्नु भएको थियो । होली कार्यक्रममा गैरआवासीय नेपाली सँघका अमेरिकाको पूर्ब अध्यक्ष सुनिल शाह, गैरआवासीय नेपाली सँघ अमेरिकाका उपाध्यक्ष भानु खरेल, नेपाली समाज टेक्सासका महासचिब बिजय भुसाल सहित नेपाली समुदायका अगुवाहरुको सहभागिता रहेको सँस्थाले जनाएको छ ।

बिभिन्न राज्यमा आयोजना गरिएको होली कार्यक्रमको झलकहरु

ड्यालस फोर्टवर्थमा आयोजना गरिएको होली कार्यक्रम

Atlanta, Georgia मा आयोजना गरिएको होली कार्यक्रम


Pittsburgh मा आयोजना गरिएको होली कार्यक्रम

Boston मा आयोजना गरिएको होली कार्यक्रम

Philadelphia मा आयोजना गरिएको होली कार्यक्रम

California मा आयोजना गरिएको होली कार्यक्रम

Florida मा आयोजना गरिएको होली कार्यक्रम

Leave A Reply

Your email address will not be published.