टेक्सासको ड्यालसमा मधेशी समुदायले धुमधामसँग मनाए “होली”

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
होली मधेशी समुदायको प्रमुख चाड मध्यको एक साँस्कृतिक पर्ब हो । मधेशी समुदायले होली पर्बलाई धुमधामसँग मनाउने गर्दछन । अमेरिका मधेशी समाज टेक्सासको आयोजनामा टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका मधेशी समुदायले शनिबार होली पर्ब धुमधामका साथ मनाएका छन ।
ड्यालस फोर्टवर्थ क्षेत्रको ग्रेपभाईन पार्कमा आयोजना गरिएको होली कार्यक्रममा सहभागि भएका मधेशी समुदायले एकै स्थानमा जम्मा भएर होली पर्ब मनाएको अमेरिका मधेशी समाज टेक्सासले जनाएको छ ।
उक्त अवसरमा होलीको रङ्ग एक आपसमा लगाएर शुभकामना आदान प्रदान, बनभोज तथा होलीको गीतमा नाचगान कार्यक्रम गरिएको समाजका अध्यक्ष रामबाबु गुप्ताले जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा गैरआवासीय नेपाली सँघका उपाध्यक्ष सुनिल शाह लगायत टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका मधेशी समुदायका अगुवाहरु लगायत मधेशी समुदायको सहभागिता रहेको थियो ।
अमेरिका मधेशी समाज टेक्सास च्याप्टरले हरेक बर्ष मधेशी समुदायको प्रमुख चाडहरु छठ, होली लगायतका चाड पर्बहरु सामुहिक रुपमा मनाउदै आएको छ ।

  

Leave A Reply

Your email address will not be published.