एसइई परीक्षाको लागि डोटीमा १२ परीक्षा केन्द्र

घण्टेश्वर अनलाईन
सिलगढी
यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट शुरु भएको छ । परीक्षाको लागि डोटी जिल्लामा १२ परीक्षा केन्द्रको व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय डोटीले जनाएको छ ।
उक्त परीक्षामा डोटी जिल्लाबाट नियमित तर्फ ३ हजार २ सय ७० र ग्रेडबृद्धि तर्फ ५८ गरी जम्मा ३ हजार ३ सय २८ विद्यार्थीहरू सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय डोटीका प्रमुख रामदत्त भट्टले बताउनु भयो ।
प्रमुख भट्टका अनुसार डोटी जिल्लामा निर्धारण गरिएको १२ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष १२ जना, सहायक केन्द्राध्यक्ष २३, निरीक्षक १ सय ६७, सुरक्षाकर्मी १ सय ८०, सहायक कर्मचारी ३५, सहयोगी ६८ जना गरि ४ सय ८५ जना कर्मचारी परिचालन गरिएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) डोटीमा राधाकृष्ण माध्यमिक विद्यालय गोपघाट परीक्षा केन्द्रमा सबै भन्दा बढी चार सय ९८ जना परीक्षार्थीहरु रहेका छन भने सबै भन्दा कम परीक्षार्थीहरु दुर्गा मावि लमौते परीक्षा केन्द्रमा एक सय २२ जना रहेका छन ।
यसैगरि सरस्वती मावि सानागाउँ परीक्षा केन्द्रमा ३ सय ४४ जना, पद्म पब्लिक मुक्तिनारायण मावि सिलगढी परीक्षा केन्द्रमा ३ सय ४१ जना, दिल्पेश्वर मावि दिपायल परीक्षा केन्द्रमा ३ सय ६९ जना, सुजङ्ग बोर्डिङ स्कुल राजपुर परीक्षा केन्द्रमा ३ सय ७३ जना, ओम आधारभूत विद्यालय सायल परीक्षा केन्द्रमा २ सय २७ जना, शारदा मावि मौवा परीक्षा केन्द्रमा २ सय ९४ जना, झिमेमालिका मावि वायल परीक्षा केन्द्रमा २ सय ३३ जना, खत्याडी मावि खत्याडी परीक्षा केन्द्रमा १ सय ४५ जना, रामपुर मावि बुडर परीक्षा केन्द्रमा १ सय ७२ जना, र बर्छैन मावि बर्छैन परीक्षा केन्द्रमा २ सय १० जना विद्यार्थीहरू रहेका शिक्षा विकास तथा समन्वय इकाई डोटीले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.