क्यान्सर रोग सम्बन्धि सचेतना कार्यक्रम सन्चालन गरिने

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
टेक्सासको ड्यालस क्षेत्रमा रहेका नेपाली समुदायलाई क्यान्सर रोग सम्बन्धि जानकारी दिईने भएको छ ।
अर्भिङ एभरेष्ट सेन्टेनियल लायन्स क्लब, कमल शर्मा फाउन्डेश र लायन्स हेल्थ फाउन्डेशनले क्यान्सर रोग सम्बन्धि सचेतना कार्यक्रम आयोजना गर्न लागेका हुन । नेपाली समुदायलाई क्यान्सर रोगबाट बच्नको लागि जानकारी दिने उद्देश्यले सचेतना कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक रविन पाठकले जानकारी दिनु भयो ।
पाठकका अनुसार कार्यक्रम यही मार्च ३० बिहान १० बजे देखि Wellington Community Centre फ्लावरमाउन्डमा आयोजना हुने छ । कार्यक्रमको सहजिकरण श्रृष्टि उप्रेती शर्माले गर्नु हुने छन ।
कार्यक्रममा डा. बिनिता खरेल, डा. बिष्णु उपाध्याय, डा. लक्ष्मण वाग्ले र रजिष्टर्ड नर्श निर्मला लामिछाने बिषय बिज्ञको रुपमा सहभागि हुने आयोजकले जनाएका छन । कार्यक्रममा नेपाली समुदायका अगुवाहरुलाई क्यान्सर रोगको वारेमा जानकारी दिई समुदाय स्तर सम्म सचेतना फैलाउने उद्देश्य रहेको सँयोजक पाठकले जानकारी दिनु भयो । पछिल्लो समय नेपाली समुदायमा क्यान्सर प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिन थालेकाले समयमा क्यान्सर रोगको वारेमा जानकारी लिई समुदाय स्तरमा सचेतना फैलाउने कार्यक्रममा सहयोग गर्न आयोजकले अनुरोध गरेका छन ।

Leave A Reply

Your email address will not be published.