क्यान्सर रोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन चिकित्सकको सल्लाह

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
टेक्सासको ड्यालस क्षेत्रमा रहेका नेपाली चिकित्सकहरुले स्वस्थ जीवन शैली अपनाउन सके क्यान्सर रोगबाट बच्न सकिने सल्लाह दिएका छन ।
अर्भिङ्ग एभरेष्ट सेण्टेनियल लायन्स क्लब र कमल शर्मा फाउण्डेशद्वारा शनिबार ड्यालसको फ्लावरमाउन्डको वेलिङ्गटन कम्युनिटी हलमा आयोजना गरिएको क्यान्सर सम्बन्धि सचेतना कार्यक्रममा नेपाली चिकित्सकहरुले नेपाली समुदायमा क्यान्सर सम्बन्धि जानकारी अभाव देखिएकाले आम सचेतिकरण फैलाउनु पर्ने कुरामा जोड दिए ।
‘स्वास्थ्य सम्बन्धी ज्ञानको कमीका कारण कतिपय मानिसलाई क्यान्सर भए पनि थाहा पाउन सकेका छैनन् ।’ क्यान्सर हुनु भनेको जीवनको अन्त्य हुनु होइन । यो केवल एक रोग हो । समयमै यसको उपचारमा ध्यान दिन सकेको खण्डमा क्यान्सर पनि पूर्ण रुपमा निको हुन सक्छ, चिकित्सकको भनाई थियो ।
सचेतना कार्यक्रममा लायन्स डिस्ट्रीक २ – एक्स वन की संयोजक डा. विष्णुमाया उपाध्यायले क्यान्सर रोगको वारेमा प्रस्तुतीकरण गरेपछि नेपाली चिकित्सक र समुदायका बीचमा खुल्ला अन्तरकृया गरिएको थियो । सहभागिहरुले क्यान्सर रोग सम्बन्धि राख्नु भएको बिभिन्न जिज्ञासाको डा. विनिता खरेल नेपाल, डा. विष्णुमाया उपाध्याय, फार्माशिष्ट डा. लक्ष्मण वाग्ले र पार्कल्यण्ड हेल्थकी निर्मला लामिछाने आर.एन., बि एस.एन ले जवाफ दिनु भएको थियो ।
कार्यक्रममा सहभागि क्यान्सर रोगबाट पीडित दुईजना नेपाली महिला बिद्यार्थीहरुले आफ्नो क्यान्सरको भोगाई सम्बन्धमा राख्नु भएको भनाईले सहभागिहरुलाई भावुक बनाएको थियो ।
कार्यक्रममा क्लवका अध्यक्ष राजेन्द्र कुंवरले क्लबका गतिबिधिहरु तथा कमल शर्मा फाउण्डेसनका सुप्रिम शर्माले फाण्डेशनको क्रियाकलापको वारेमा जानकारी दिएका थिए । लायन्सको परम्परा अनुसार क्लबका सभापति राजेन्द्र कुंबरले कार्यक्रमको शुरुवात तथा पूर्व सभापति सरोज सिग्देलले क्यान्सर सचेतना कार्यक्रमका प्रस्तोताहरुलाई टोकन अफ लभ वितरण गर्नु भएको थियो ।
सोही कार्यक्रममा अर्भिङ्ग एभरेष्ट सेण्टेनियल लायन्स क्लवले संचालन गरेको कोष बृद्धिका लागि संचालन गरेको राफल चिठ्ठाको नतिजा घोषणा गरिएको थियो । कार्यक्रमको संचालन पूर्व मिसेस ए. एन. ए. तथा कल्बकी क्रियाशिल सदस्य तथा मार्केटिंग एंड कम्युनिकेसन डाइरेक्टर श्रृष्टी उप्रेती शर्माले गर्नु भएको क्लबले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.