अब जेष्ठ पत्रकारहरूले मासिक वृत्ति पन्ध्र हजारसम्म पाउने

द्वन्द्व पीडित पत्रकार वा निजकाे परिवार तथा सन्ततिले पनि मासिक वृत्ति

काठमाडाैं । पत्रकार वृत्ति काेष स्थापना तथा सञ्चालन निर्देशिका, २०७५ काे अधिनमा रही काेष सञ्चालन समितिले पत्रकार वृत्ति काेष सञ्चालन मापदण्ड २०७८ स्वीकृत गरेकाे छ । २०७८ फागुन ११ गते सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालकाे  अध्यक्षतामा बसेकाे बैठकले साे  पत्रकार वृत्ति काेष सञ्चालन मापदण्ड २०७८ स्वीकृत  गरेकाे हाे ।

पत्रकार वृत्ति काेष सञ्चालन मापदण्ड २०७८ ले व्यवस्था गरे अनुसार अब ६५ वर्ष पूरा भएका पत्रकारहरूले मासिक वृत्ति प्रदान गरिनेछ । यसका साथै द्वन्द्व पीडित पत्रकार वा निजकाे परिवार तथा सन्ततिलाई छात्रवृत्ति सहयाेग समेत प्रदान गर्ने व्यवस्था मापदण्डले गरेकाे छ ।

पत्रकारिताकाे सिलसिलामा द्वन्द्वमा परी मृत्यू भएका वा शारीरिक रूपमा अशक्तता भएका पत्रकारहरूले समेत मासिक वृत्ति प्राप्त गर्नेछन् । स्वीकृत मादण्ड अनुसार , पीडित पत्रकार वा निजकाे परिवारलाई मासिक वृत्ति पहिलाे पटक प्रदान गरेकाे मितिले ७(सात) वर्षसम्म मासिक रू. १० हजारका दरले गरिने व्यवस्था छ ।

मापदण्ड अनुसार, द्वन्द्व पीडित पत्रकारहरूमा शारीरिक अशक्तता वृत्ति समेत नेपाल सरकारले उपलब्ध गराउने छ । शारीरिक अशक्तता वृत्ति पनि मासिक रू. १० हजार र पाँच हजारका दरले गरिने व्यवस्था गरिएकाे छ ।  द्वन्द्व पीडित पत्रकारहरूले सन्तति वृत्ति पाउने भएका छन् ।  पत्रकारिताकाे सिलसिलामा द्वन्द्वमा परी मृत्यू भएका वा शारीरिक रूपमा अशक्तता भएका पत्रकारहरूका सन्तति दुई जनाले १८ वर्ष उमेर पूरा नभएसम्म शैक्षिक वृत्ति वापत वार्षिक रू. १५ हजार र रू. १० हजार प्राप्त गर्ने छन् ।

जेष्ठ पत्रकारहरूकाे हकमा ६५ वर्ष उमेर पूरा गरेका र मापदण्डले व्यवस्था गरेकाे आधार पुष्टि हुने कागजात प्रस्तुत गरेमा ६५ वर्षदेखि ७९ वर्षसम्म उमेर समूहका जेष्ठ पत्रकारहरूलाई मासिक वृत्ति पाँच हजार, सत्तरी वर्षदेखि पचहत्तर वर्षसम्म उमेर समूहका जेष्ठ पत्रकारहरूलाई मासिक सात हजार,  छैहत्तर वर्षदेखि असी वर्षसम्म उमेर समूहका जेष्ठ पत्रकारहरूलाई मासिक मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समूहका जेष्ठ पत्रकारहरूलाई मासिक पत्रकार वृत्ति अक्षय काेषमा हाल साँढे छ कराेड रकम नेपाल सरकारले बैंकमा जम्मा गरेकाे र साे अक्षय काेषबाट आर्जित ब्याज रकमबाट पत्रकारहरूका लागि मासिक पन्ध्र हजा।का दरले सरकारले मासिक वृत्ति प्रदान गर्ने व्यवस्था पत्रकार वृत्ति काेष सञ्चालन मापदण्डले गरेकाे छ ।

साे मापदण्ड निर्माण समितिकाे संयाेजकमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालकाे सक्रियतामा छाेटाे समयमै  पत्रकार वृत्ति काेष सञ्चालन मापदण्ड २०७८ निर्माण भएर स्वीकृत भएकाे छ । पत्रकार वृत्ति काेष सञ्चालन मापदण्ड २०७८  निर्माण समितिका सदस्यहरूमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव विनाेदप्रकाश सिंह, अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख सहसचिव चक्र बुढा, गृह मन्त्राललयका सहसचिव फणिन्द्रमणि पाेखरेल सूचना तथा प्रसारण विभागका महानिर्देशक गगन हमाल र प्रेस काउन्सिल नेपालका बाेर्ड सदस्य(पूर्व कार्यवाहक अध्यक्ष) गाेपाल बुढाथाेकी सम्मिलित पत्रकार वृत्ति काेष सञ्चालन  समितिले पत्रकार वृत्ति काेष सञ्चालन मापदण्ड २०७८ तयार गरेकाे हाे । पत्रकार वृत्ति काेष सञ्चालन मापदण्ड २०७८ यसै आर्थिक वर्ष २०७८/०७९ भित्रै कार्यान्वयन गर्ने  तयारी गरिएकाे सूचना तथा प्रसारण विभागका महानिर्देशक तथा काेष सञ्चालन समितिका सदस्य सचिव गगन हमालले जानकारी दिए ।

साँघु न्यूजबाट

Leave A Reply

Your email address will not be published.