घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
टेक्सासको ड्यालसमा मँगलबारदेखि शुरु भएको श्रीमद् भागवत ज्ञान महायज्ञ(नवाह) अबधिभर नेपाली स्वास्थ्यकर्मीहरुद्वारा हेल्थ डेस्क सन्चालन गरिएको छ । टेक्सासमा रहेका नेपाली स्वास्थ्यकर्मीहरुद्वारा स्थापित हिमालय हेल्थ क्लिनिकले उक्त निःशुल्क हेल्थ डेस्क सन्चालन गरेको हो ।
हिमालय हेल्थ क्लिनिकको उद्देश्य नेपाली समुदायलाई स्वास्थ्य सेवा तथा परामर्श उपलब्ध गराउने नै हो । महायज्ञमा आउनु हुने नेपालीहरुलाई प्राथमिक उपचार तथा परामर्श उपलब्ध गराउने उद्देश्यले हेल्थ डेस्क सन्चालनमा ल्याईएको हिमालय हेल्थ क्लिनिकका कार्यकारी कार्यालय निर्देशक राज श्रेष्ठले जानकारी दिनु भयो ।
निर्देशक श्रेष्ठका अनुसार महायज्ञ परिसरमा रहेको नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र भवन भित्र रहेको हिमालय क्लिनिकमा नै हेल्थ डेस्क सन्चालित छ । महायज्ञमा सहभागि नेपालीहरुलाई प्राथमिक उपचार तथा परामर्श आबश्यक भएमा हेल्थ डेस्कमा सम्पर्क राख्न सक्नेछन ।
हिमालय हेल्थ क्लिनिकले हरेक महिनाको पहिलो र तेश्रो आईतबार निःशुल्क स्वास्थ्य क्लिनिक सन्चालन गर्दै आएको छ । नियमित हेल्थ क्लिनिक यही अप्रिल २१ आईतबारका दिन नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र भवन भित्र रहेको हिमालय क्लिनिकमा सन्चालन हुने निर्देशक श्रेष्ठले जानकारी दिएका छन ।