ओएनएफले चैत्र ३० गते शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
प्रवासी नेपाली मन्च, अन्तराष्ट्रिय कमिटीले नेपाली नयाँ बर्षको अवसर पारेर चैत्र ३० (अप्रिल १२) गते जूम मार्फत शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नेकपा(एमाले) का अध्यक्ष तथा पूर्ब प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने शुभकामना आदान प्रदान कार्यक्रममा सहभागिताको लागि प्रवासी नेपाली मन्च सम्बद्ध सबै प्रवासीहरुलाई अनुरोध गरेको छ ।
हामी प्रवासमा रहेपनि नेपाली नयाँ बर्षलाई उत्साहका साथ मनाउँछौं । नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान, परिचय गर्ने त हुने नै भयो । नेपाली राजनीतिको पछिल्लो घट्नाक्रमको वारेमा प्रवासीहरुलाई जानकारी गराउने पनि कार्यक्रमको उद्देश्य हो, प्रवासी नेपाली मन्च, अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सन्जय थापाले बताउनु भयो ।
कार्यक्रममा समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीहरुको भूमिकाको वारेमा पनि अन्तरकृया गरिने मन्चले जनाएको छ । कार्यक्रममा मन्चको कला, साहित्य तथा सँस्कृति बिभागको बिशेष प्रस्तुती रहने बताईएको छ ।
कार्यक्रममा ईच्छुक ब्यक्तिहरुले  Zoom ID :879 2778 6932 र  Pass Code  2081 मार्फत जोडिएर कार्यक्रममा सहभागि हुन सक्ने मन्चले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.