ग्यान्स अस्टिनले नेपाली नयाँ बर्षमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने

घण्टेश्वर अनलाईन
अस्टिन, टेक्सास
ग्रेटर अस्टिन नेपाली समाज अस्टिनले नेपाली नयाँ बर्ष २०८१ को सन्दर्भ पारेर शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली नयाँ वर्ष २०८१ को अवसरमा यही अप्रिल १४ आईतबार दिउसो ३ बजे ग्यान्स भवनको सभाकक्षमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष भोजराज भट्टले जानकारी दिनु भयो ।
अध्यक्ष भट्टका अनुसार ग्रेटर अस्टिन नेपाली समाज अस्टिनको आसन्न अधिबेशनको सन्दर्भमा अन्तरकृया गर्ने, नेपाली नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।
हामी नेपालीहरु भौतिक रुपमा जहाँ भएपनि नेपाली नयाँ बर्षलाई उत्साहका साथ मनाउँछौं । प्रवासमा नयाँ बर्ष लगायत नेपाली चाडपर्बहरु सामुहिक रुपमा मनाउँदा भेटघाट, परिचय, दुःखसुखका कुरा साटासाट गर्ने अवसर पनि मिल्छ । त्यसैले ग्यान्सले नयाँ बर्ष लगायत नेपाली चाडपर्बहरुलाई महत्वका साथ सामुहिक रुपमा मनाउँदै आएको छ, अध्यक्ष भट्टले बताए ।
उक्त कार्यक्रममा ग्रेटर अस्टिन आसापासमा बसोवास गर्ने नेपाली दाजुभाई तथा दिदी बहिनीहरु, सामाजिक अभियन्ताहरुलाई सहभागिताको लागि ग्यान्सले अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.